News Portal

जगाई धर्ती सलल बग्छ नदीझैँ जिन्दगी…

गजल

हिमाली संचार संवाददाता
५७३ पटक
२०७७ असार १२, शुक्रवार

दिलभित्र ठाउँ नभएसम्म मागेर के हुन्छ
मूल फुटी वैँस रसाएपछि भागेर के हुन्छ ?

उठ न उठ निदाएको मान्छे लाशझैँ नबन
भयले जीवन मूर्छाएपछि झाँगेर के हुन्छ ?

लक्ष्‍य छ पर जिएर हेर भेटिन्छ कुनै दिन
निशाना जति चुकाएपछि दागेर के हुन्छ ?

चढाई हेर जिउने मात जिन्दगी रङ्गिन छ
अस्मिता सबै लुटिएपछि लागेर के हुन्छ ?

हातैमा लटाई चङ्गाझैँ मन रहरको सार्वरी
प्रेमको धागो मक्किएपछि टाँगेर के हुन्छ ?

जगाई धर्ती सलल बग्छ नदीझैँ जिन्दगी
सहर्ष सपना जलाएपछि जागेर के हुन्छ ?

– प्रथा

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...