News Portal

कथा – ” मनको बिनाश “

हिमाली संचार संवाददाता
१०१० पटक

– रवीन्द्र अनुराग

एक जंगलमा एक जोडी ढुकुर बस्दा रहेछन् । उनिहरुमा बर्षौदेखिको अगाध प्रेम थियो । जेठ महिनाको टन्टलापुर घाममा जताततै खोला, मुलहरु सुकिसकेका थिए l ती तिर्खाएका जोडी ढुकुर एकदिन पानी पिउन भनेर नदीको किनारमा गएछन् । गर्मीको कारण नदी घटेर जहाँजहाँ गहिरो खाल्डो थियो, त्यहीँ मात्र पानी जमेको थियो । पानी पिउनको लागि असहज थियो l तर जोडी ढुकुर धेरै तिर्खाएकोले त्यही धरापमा भए पनि पानी पिउने अठोट लिए । तर पोथी धेरै डराएकिले भालेले भन्यो “तिमी यहीँ बस, म चुच्चोमा च्यापेर पानी ल्याउछु है ।” पोथीले सहमति जनाए पछि भाले ढुकुर पानी पिउन अलि सानो खाल्डोमा ओर्ल्यो । त्यहीं छेउमै हिलोमा लत्पतिएर बसेको भोकाएको गोही उसले देखेन । दाउ छोपेर बसेको गोहीले फुर्तिसाथ भाले ढुकुर माथि आक्रमण गर्यो र एकै गाँस पारिहाल्यो । पोथी ढुकुरले असहाय भई हेर्न बाहेक अरु केहि गर्न सकिन । धरधरी आँखाबाट आँसु झार्दै फुर्र उडेर पहिलाको बासस्थानमा पुगि । भालेको विरहमा मर्नु बाहेक अरु केहि विकल्प देखिन र “म पनि अब त्यहीँ खाल्डोनीर जान्छु र मलाई पनि खान्छ गोहीले” भनेर रातभर भाले सम्झेर रोइ रही । त्यो रात रातभरि पानी परेर पहाड तिरबाट भेल आएर नदिको बहाव पनि बढेछ । हिजोको खाल्डा-खुल्डी सबै भरिएर किनारा समेत छोपीई सकेको रहेछ । पोथी त्यत्तिकै फर्की । अर्को दिनपनि त्यस्तै भयो…एवम् रितले धेरै दिन मर्ने प्रयास गर्दा पनि पोथी ढुकुर मर्न सकिन । काल न आएसम्म कसको के लाग्छ र ? धेरै दिन यसरि बितेपछि उनको मर्ने सोच नै फेरिएछ । केहि दिनपछि पीडा पनि बिस्तारै कम हुदै गएछ र अब मर्दिन भन्ने सोच मनमा आएछ । शोकमा धेरै दिन केही नखाई बसेकी ढुकुर्नी एकदिन आहाराको खोजीमा भौंतारिदै जाँदा उसको एउटा अर्को भाले ढुकर सँग भेट हुनपुगेछ-
बिस्तारै बिस्तारै त्यो भाले ढुकुरले प्रेम जालमा फसाएछ र एकदिन भाले ढुकुरले बिबाह बन्धनमा बाधिऔं भन्ने प्रस्ताव राखेछ । अनि दुबैको सहमतिमा बिबाह पनि भएछ ।  केही दिन त खुशीमै बित्यो दुबैको । तर बिस्तारै बिस्तारै समय बित्दै जाँदा त्यो भाले ढुकुरले उ प्रतिको माया घटाएछ र तँ यस्ति र उस्ती भनेर अनेकौं बात लगाउदै ढुकुर्नी सँगको प्रेम सम्बन्ध छुटाएछ । अनि पोथी फेरि बिचल्लीमा परि र मनमनै “यो संसार भनेको केवल स्वार्थी मात्र रहेछ । आफ्नो जस्तै अरुको सोच नहुदो रहेछ । कसैलाई पनि मनदेखि विश्वास गर्नु भनेको जीवनमा आफैले आफूलाई खाल्डो खन्नुरहेछ” भन्ने सोच्न थालिन । अब के गर्ने कता जाने ? कयौं दिन मनभित्र कुरा खेलाउदै खेलाउदै आफ्नो स्वास्थ्यको पनि ख्याल नगरी धेरै दिन शोकमा बसिन । जबसम्म शरिरमा ताकत थियो तबसम्म त जेनतेन चल्यो । तर केही पहिलाको शोक र केही पछिको पीडाले १४-१५–  दिनसम्म भोकभोकै बस्दा एकदिन सधैंभरिका लागि यो संसारबाटै बिदा भइन !

        महाकाली नगरपालिका – ३ कञ्चनपुर
      हाल – पश्चिम रुकुम सल्ले एयरपोर्ट ब्यारेक

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...