News Portal

  • तिते करैलाको प्रयोग बाट मधुमेह र पेटको क्यान्सर निको हुने

    ५६९ पटक

    काठमाडौ, साउन ९ । हाम्रो गाउँठाउँ पाखा भित्तो सबैतिर उत्पादन गर्न सकिने तिते करैलाको प्रयोग बाट पेटको क्यान्सर र मधुमेह निको हुन्छ भन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ , तर यो सत्य साबित भएको छ ।

    धेरैलाई थाहा नहुन सक्छ हामीले तरकारीको रुपमा प्रयोग गर्दै आइरहेको तिते करैलाको प्रयोग औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसैलाई मध्यनजर गर्दै बैज्ञानिकहरु करैला सेवनबाट पेटको क्यान्सर र मधुमेह कसरी निको पार्न सकिन्छ भन्ने अनुसन्धानमा जुटेका छन् ।

    अनुसन्धानकर्ता त्यतिबेला अचम्ममा परे जव तीते करैलाको जुसले क्यान्सर सेलको बृद्धीमा अवरोध पुरया्यो र त्यसलाई मारिदियो । र ट्युमर जसमा पानी भरिएको हुन्थ्यो त्यसको आकार ६० प्रतिशतले घट्यो । तर शरीरमा कुनै प्रकारको खरावी वा साइड इफेक्ट भने देखिएन ।

    तीते करैला र मधुमेह

    मधुमेहको उपचारमा तीते करैलाको सेवनका बारेमा धेरै अनुसन्धानहरु गरिएको छ । तर ती सबै अध्यनहरुको निचोड भने एउटै छैन ।

    तीते करैला र पेट संबद्ध क्यान्सर

    पेट संबद्ध क्यान्सर भनेको यस्तो बेथा हो जुन अत्यन्तै तीर्व गतिमा फैलिने गर्छ र साधारण उपचार जस्तै केमोथेरापी र रेडियोथेरापीलाई समेत टेरदैन । अमेरिकाको कोलोराडो विश्वविधालयमा तीते करैलाको प्रयोग पेटका क्यान्सर रोगीमा गरिएको थियो । पेट संबद्ध क्यान्सरका चार विभिन्न लाइनमा गरिएको अध्यन जुनमा प्यानक्रियाटिक क्यान्सर सेलका बारेमा अध्ययन गरिएको थियो ।

    अनुसन्धानकर्ता त्यतिबेला अचम्ममा परे जव तीते करैलाको जुसले क्यान्सर सेलको बृद्धीमा अवरोध पुरया्यो र त्यसलाई मारिदियो । र ट्युमर जसमा पानी भरिएको हुन्थ्यो त्यसको आकार ६० प्रतिशतले घट्यो । तर शरीरमा कुनै प्रकारको खरावी वा साइड इफेक्ट भने देखिएन ।

    जरनल अफ इथनोफारमाकोलोजीमा २०११ मा प्रकाशित एउटा अध्यनलाई हेर्ने हो भने , तीते करैलाको सेवनले मधुमेह २ का बिरामीको रगतमा भएको ग्लुकोजलाई अत्यधिक मात्रामा घटायोे । तर जरनल अफ क्लिनिकल इपिडीमीयोलोजी मा प्रकाशित २००७ को अध्यनलाई हेर्ने हो भने त्यसले मधुमेह २ मा कुनै फाइदा पुर्याएको देखिदैन ।

    संसारको सबैभन्दा पुरानो र ठूलो क्यान्सर उपचार केन्द्र – मेमोरियल सलोन केट्रीङ क्यान्सर सेन्टरका अनुसार तीते करैलाले रगतमा भएको ग्लुकोज लेभललाई घटाउन सक्छ, तर यसले इन्सुलिन वा अन्य उपचारलाई कसरी इन्टरयाक्ट गर्छ थाहा छैन । त्यसैगरि तीते करैलाको सही मात्रा पनि पत्तो लगाइएको छैन, त्यसकारण तीते करैलालाई इनसुलिन वा हाइपोग्लाईसेमिक ड्रग्स थेरापीको सट्टामा लिन सकिन्न ।

    तीते करैलाको प्रयोग कसरि गर्ने

    तीते करैला फलफुलका रुपमा, पेयका रुपमा वा यसको वियाँको प्रयोग खानमा मिलाएर पनि सेवन गर्न सकिन्छ । तीते करैलाको परिकार हर्बलका रुपमा पनि उपलब्ध छ ।

    तीते करैलाको मात्रा धेरै भयो भने यसले पेटमा दर्द, पखाला जस्ता समस्या ल्याउन सक्छ । तसर्थ एक दिनमा दई औन्स वा दुई वटा भन्दा बढी प्रयोग नगर्नुहोस् । गर्भवती महिलाले तीते करैलाको प्रयोग नगर्नुहोस् किनकि यसले पेटको बच्चालाई हानी पुर्याउँछ र गर्भ समेत तुहिन सक्छ । यदि तपाई तीते करैलाको प्रयोग गर्न चाहनु हुन्छ भने सर्वप्रथम आफ्नो चिकित्सकको सल्लाह लिन नभुल्नु होला ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ११ गतेको राशिफल

    आज साउन ११, २०८२ (जुलाई २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    मिनिल्याण्डले गर्‍यो स्वागत

    रविन्द्र बराल/ मोरङ, साउन १० – रंगेली नगरपालिका–७ मा रहेको मिनिल्याण्ड बोर्डिङ स्कुलले कक्षा ११...

    आज २०८२ साल साउन १० गतेको राशिफल

    आज साउन १०, २०८२ (जुलाई २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    “मलाई पार्टीबाट रोक्न सकिँदैन” – भण्डारीको एमाले नेतृत्वलाई चुनौतीपूर्ण सन्देश

    काठमाडौं, साउन ९ – पार्टी सदस्यताको विषयमा नेकपा एमालेले लिएको पछिल्लो निर्णयप्रति गहिरो असन्तुष्टि जनाउँदै...

    एमालेलाई बलियो बनाउने अभियानमा विद्यादेवी भण्डारी : “मलाई पदको लालसा छैन”

    काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) भित्र देखिएको विवादप्रति प्रतिक्रिया दिँदै आफूलाई...