News Portal

  • लागू अाैषध सहित १ युवा पक्राउ

    हिमाली संचार संवाददाता
    ५९२ पटक

    रबिन्द्र बराल – माेरङकाे सिमाबर्ति क्षेत्र मध्ये बिगत केही महिना अगाडि देखि सुनवर्सि नगरपालिका काे सिक्टि , डाईनियाँ पथरी जाेडने सडक बाट लागुअाैषध अाेसार पाेसार काे मुख्य केन्द्र बिन्दु हुन थालेको छ । रंगेली प्रहरी काे सक्रियता मा लागुअाैषध अाेसार पाेसार गर्ने युवा हरु अहिले धमाधम पक्राउ पर्ने थालेका छन ।

    सुनवर्सि ८ स्थित डाईनियाँ सिक्टि सडक खन्ड अन्तर्गत सिक्टि मा रहेको छाेटी भन्सार अगाडि बुधबार दिउँसाे डाईनिया तर्फ अाउदै गरेको अवस्थामा लागुअाैषध सहित प्रहरीले एक जना लाई प्रहरीले पक्राउ गरेको छ ।

    साईकल मा अाउदै गरेका सुनवर्सि नगरपालिका ५ बस्ने स्माईलका छाेरा बर्ष १९ का माेहम्द फिराेज चडेकाे साईकल मा सवार फिराेज लाई चेकजाँच गर्ने क्रममा उनको काे साथ वाट लागुअाैषध , नाईट्राभेट ट्याव्लेट ५१ गाेटि र एक बाेतल काेरेक्स सहित पक्राउ परेका छन । बिहीबार लागू अाैषध तथा अाेसार पाेसार अन्तर्गत मुद्घा गरिएको प्रहरीले जानाएकाे छ ।

    त्यसैगरी प्रहरीले भदौ १३ बुधबार साेहि स्थान बाट बर्ष २४ का रुपेश मिजार लाई स्कप दुई बाेतल,डाईलाेक्स एक बाेतल , नाईट्राभेट ट्याव्लेट १सय ५० गाेटि र स्पस काेकरा प्लस ४० थान सहित पक्राउ गरेको थियोे । प्रहरीले अाफ्नाे अप्रेसनलाई निरन्तरता दिदै साउन १९ साेहि स्थानबाट रतुवामाई नगरपालिका ५ बस्ने बर्ष २१ का कपिल कुमार राय र साेहि स्थान बस्ने बर्ष १७ का धर्म देव ऋिषिदेव लाई चेकजाँच गर्ने क्रममा लागुअाैषध नाईट्राभेट ट्यावल्टे १५ पिस र ५ ग्राम गाँजा सहित पक्राउ गरेको थियोे ।

    साउन १३ पुन सुनवर्सि १ बस्ने बर्ष ३० का रंन्जित राई लागुअाैषध नाईट्राभेट ट्यावल्टे १सय २७ थान सहित पक्राउ गरेका थिए । ईलाका प्रहरी कार्यलय रंगेली का कबिन्द्र कार्कीले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बुढाथुममा दयाराम रेग्मीको पहलमा ‘लिखुरे प्रतीक्षालय’ निर्माण

    धादिङ -धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–७ बुढाथुम निवासी पण्डित दयाराम रेग्मीले आफ्ना बुबा–आमाको सम्झनामा आफ्नै खर्चमा...

    आज २०८२ साल असोज ६ गतेको राशिफल

    आज असोज ६, २०८२ (सेप्टेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भोलिदेखि भक्तपुरमा नवराते मेला सुरु

    भक्तपुर, असोज ५ – दशैंको सुरुवातसँगै भक्तपुरमा परम्परागत नवराते मेला सोमबारदेखि सुरु हुँदैछ। घटस्थापनासँगै सुरु...

    यूएईपछि साउदी, कतार र मलेसियामा पनि नेपाली कामदारमाथि कडाइ

    काठमाडौं, असोज ५ – भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन का क्रममा जेलबाट...

    तुइनखोलाको पहिरो हटाउने काम जारी, साँझसम्म सडक सञ्चालन हुने अनुमान

    चितवन, असोज ५ – तुइनखोलामा खसेको पहिरो हटाउन कार्यदल सक्रिय भएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात खुल्ने...