News Portal

  • अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्नो सैनिकको संख्यामा कटौती !

    हिमाली संचार संवाददाता
    ३१९ पटक
    २०७७ असार ७, आइतबार

    वासिङ्टन – संयुक्तराज्य अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सैनिकको संख्या घटाएर आठ हजार ६०० मा सीमित गरेको जनाएको छ । गत फेब्रुअरीमा अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानसँगको सम्झौता बमोजिम करिब पाँच हजार अमेरिकी सैनिकको संख्या कटौती गरिएको हो ।

    अफगानिस्तानका लागि अमेरिकी सेनाका प्रमुख जनरल फ्रान्क म्याकेन्जीले अफगानिस्तानमा तैनाथ अरु सैन्यबल कहिलेसम्ममा फिर्ता भइसक्छन् भन्ने बारेमा भने बताएनन् । तालिबानसँगको सम्झौता अनुसार अफगानिस्तानमा तैनाथ सबै अमेरिकी र अन्य विदेशी फौज आगामी सन् २०२१ को मे महिनाभित्र फिर्ता भइसक्ने छन् ।  तर जनरल म्याकेन्जीले थप सैन्य कटौतीका लागि तालिबान समूहले पनि आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान मिसनको कार्य पूरा भइसकेकाले अमेरिकी फौज फिर्ता गरिने बताउँदै आएका छन् । उनले अमेरिकी सेना अफगानीहरुको आन्तरिक मामिला सुल्झाउन लामो समय अफगानिस्तानमा बस्न नसक्ने बताएका छन् ।  अमेरिकी फौज अफगानिस्तानमा सन् २००१ को अक्टोबरदेखि तैनाथ छ ।  जनरल म्याकेन्जीले तालिबान समूहसँगको सम्झौतालाई अमेरिकाले कार्यान्वयन गरिरहेको जानकारी दिए ।

    वासिङ्टन । संयुक्तराज्य अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सैनिकको संख्या घटाएर आठ हजार ६०० मा सीमित गरेको जनाएको छ । गत फेब्रुअरीमा अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानसँगको सम्झौता बमोजिम करिब पाँच हजार अमेरिकी सैनिकको संख्या कटौती गरिएको हो ।

    अफगानिस्तानका लागि अमेरिकी सेनाका प्रमुख जनरल फ्रान्क म्याकेन्जीले अफगानिस्तानमा तैनाथ अरु सैन्यबल कहिलेसम्ममा फिर्ता भइसक्छन् भन्ने बारेमा भने बताएनन् । तालिबानसँगको सम्झौता अनुसार अफगानिस्तानमा तैनाथ सबै अमेरिकी र अन्य विदेशी फौज आगामी सन् २०२१ को मे महिनाभित्र फिर्ता भइसक्ने छन् ।  तर जनरल म्याकेन्जीले थप सैन्य कटौतीका लागि तालिबान समूहले पनि आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान मिसनको कार्य पूरा भइसकेकाले अमेरिकी फौज फिर्ता गरिने बताउँदै आएका छन् । उनले अमेरिकी सेना अफगानीहरुको आन्तरिक मामिला सुल्झाउन लामो समय अफगानिस्तानमा बस्न नसक्ने बताएका छन् ।  अमेरिकी फौज अफगानिस्तानमा सन् २००१ को अक्टोबरदेखि तैनाथ छ ।  जनरल म्याकेन्जीले तालिबान समूहसँगको सम्झौतालाई अमेरिकाले कार्यान्वयन गरिरहेको जानकारी दिए ।

    आस्पेन स्ट्राटेजी ग्रुपको वेबिनारमा बोल्दै म्याकेन्जीले भने– ‘हाम्रा सेनालाई लक्षित गरी तालिबान समूहबाट आक्रमण हुन छाडेका छन् । अहिले अमेरिका लक्षित केही घटनाहरु अल–कायदा र इस्लामिक स्टेट्सले गराएका छन् ।’

    गत फेब्रुअरीको सम्झौतामा तालिबान समूहले अफगानिस्तानमा कुनै पनि अन्य आतंकवादी समूहलाई आश्रय नदिइने वा अमेरिका विरुद्ध आक्रमण हुनबाट रोक्ने उल्लेख छ । उनले भने– ‘तालिबानले आफूले व्यक्त गरेका प्रतिबद्धता पूरा गरेको छ छैन भन्ने हामी नियालिरहेका छौं । उनीहरुसँग शान्तिपूर्ण अफगानिस्तान निर्माण गर्ने अवसर छ, तर समय निकै घर्किरहेको छ ।’ एपी

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...