News Portal

रुखको हाँगा लागेर एक महिलाको घटनास्थलमै मृत्यु

हिमाली संचार संवाददाता
४५४ पटक

जनकपुरधाम – सर्लाहीमा टिपरले भाँचेको रुखको हाँगाले लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ब्रहमपुरी गाउँपालिका-६ की ४५ वर्षीया कैलासीय देवी रहेकी छन्।

ब्रम्हपुरी गाउँपालिका-६ नोकैलवास्थित भित्री सडक खण्डमा ना ४ख५४४८ नम्बरको टिपरले ग्राभेल झारेर हाइड्रोलिक डाउन गर्ने क्रममा पिपलको हाँगा भाँचिएर खस्दा छहारीमा बसिरहेको कैलासीय देवीको शरीरमा खसेको थियो।

सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार रुखको छहारी मुनी बसिरहेकी कैलासीय देवीमाथि रुखको हाँगा खस्दा उनको घटना स्थलमै मृत्यु भएको हो।

उनीसँगै छहारीमा बसेकी सोही ठाउँकी ४० वर्षीया प्रमिला देवी गम्भीर घाइते भएकी छन्। जिल्ला अस्ताल मलंगवामा सामान्य उपचार पश्चात थप उपचारको लागि उनलाई वीरगञ्ज पठाइएको कुँवरले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...