News Portal

मकवानपुरमा घूससहित इन्स्पेक्टर पक्राउ

हिमाली संचार संवाददाता
३८४ पटक
२०७७ असार ६, शनिबार

मकवानपुर – इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामबालक राय घूससहित शनिबार पक्राउ परेका छन्।

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाको टोलीले उनलाई घूस रकमसहित नियन्त्रणमा लिएको हो।

वाग्मती प्रदेश प्रहरी कार्यालयमा उनीविरुद्ध घूस लिने गरेको उजुरी दैनिकजसो परेपछि आफूहरुले छड्के गरेको प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तकुमार लामाले बताए।

उनका अनुसार इन्स्पेक्टर रायलाई नगद १२ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको जानकारी दिए। ‘उनीमाथि कारबाही प्रक्रिया अगाडि बढिसकेको छ।

कारबाहीका लागि वाग्मती प्रदेश कार्यालय तानिसकेका छौं। उनी आजैबाट निलम्बन भइसकेका छन्। अब कानुन प्रक्रियाअनुसार कारबाही अगाडि बढ्नेछन्’, डिआइजी लामाले बताए।

उनलाई भीमफेदी–६ मा रहेको सगरमाथा होटलबाट ठेकेदार दुर्गा लामासँग घूस लिँदै गर्दा प्रहरीले पक्राउ गरेको हो।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...