News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • प्रशिक्षकले निजी मोटरसाइकल धुन लगाउँदा अपाङ्ग भए सिपाही

    हिमाली संचार संवाददाता
    ७५६ पटक
    २०७७ असार ६, शनिबार

    विमल विष्ट/डोटी – सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा रहेका गुरुवा (प्रशिक्षक)ले व्यक्तिगत मोटरसाइकिल धुन लगाउँदा आज शनिबार बिहान एकजना तालिमे सिपाहि जिवनभरीका लागि अपाङ्ग भएका छन्।

    प्राप्त जानकारी अनुसार बैतडी जिल्ला घर भएका २२ वर्षीय तालिमे सिपाही जितेन्द्र चन्दलाई प्रशिक्षकले आफ्नो निजी मोटरसाइकिल धुन लगाउदा मोटरसाइकिलको चैनमा उहाँको दाहिने हातको औला परेपछि पुरै औला छिनालिएको (काटिएको) छ।

    औला छिनालिएपछि बेहोस भएका चन्दलाई दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ। चन्दको दाहिने हातको औला छिनालिएका कारण जोड्न नसकिने र जिवनभरीका लागि उहाँ अपाङ्ग सरह भएको उपचारमा संलग्न अस्पतालका चित्किसकहरुले बताएका छन्।

    दाहिने हातको औला प्रहरीको सलामी दिने तथा फायरिङ गर्ने देखि अन्य काममा बढी प्रयोग हुँने भएकाले उहाँको औला काटिएपछि उहाँलाई भविष्यमा निकै समस्या उत्पन्न हुँने स्वयम प्रहरी अधिकारीहरु बताउँछन्।

    उक्त तालिम केन्द्रका प्रशिक्षक तथा अधिकृतको लापरवाहि तथा व्यक्तिगत सर सामान तालिमे सिपाहिलाई धुन लगाउने तथा सफाइ गर्न प्रयोग गर्ने गरेका कारण निज तालिमे प्रहरी जवानको हातको औला काटिएको आरोप लागेको छ।

    आफ्नो नाम नछाप्ने सर्तमा तालिम केन्द्रका एकजना प्रहरीले नेपाल प्रहरीको निति, नियम तथा नियमावली अनुसार दाहिने हातको औला काटिएका कारण निज तालिमे सिपाहि प्रहरी सलामी दिने कार्यमा अपाङ्गका रुपमा गनिने बताउनुभयो।

    उहाँले भन्नुभयो, “जागिर अवधीमै औला काटिएकाले निजको जागिर कायम रहन्छ तर सलामी देखि अन्य कुरामा उनलाई समावेस गरिदैन अपाङ्ग सरह गनिन्छन्।

    उता सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रमुख तथा प्रहरी वरिष्ठ अधिकृत प्रदिपकुमार श्रेष्ठले गुरुवाहरुको असावधानी र लापरवाहिले दुःखद घटना भएको स्वीकार गर्नु हुँदै दोषीलाई कारवाहि गरिने बताउनुभयो।

    उहाँले भन्नुभयो, “लापरवाहिका कारण एउटा योग्य जवान जिवनभरीका लागि अयोग्य भएको छ, घटनाको छानविनका लागि टोली गठन गरेको छु, दोषी जती सबैलाई कारवाहि हुन्छ।

    ति सिपाहिले कुन गुरुवाको मोटरसाइकिल धुदै थिए त्यो भने उहाँले खुलाउनु चाहनु भएन। दिपायलस्थित उक्त तालिम केन्द्रमा केहि दिन पहिले आँखामा पट्टि बाधेर तालिमे सिपाही दगुराउदा एकजना तालिमे सिपाही रुखमा ठोक्कीएर बेहोस हुँदा उहाँलाइ नजिकै रहेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पतल दिपायलमा उपचार गर्दा दुइ घण्टापछि होस आएको बताइएको छ।

    त्यसैगरी शुक्रबार मात्रै बिहान आफुले धोएको लुगा घाममा सुकाउने क्रममा एकजना अर्का तालिमे सिपाहीको टाउकोमा बासको टाँगो खस्दा गम्भिर घाइते भएका थिए। उहाँको पनि अहिले क्षेत्रीय प्रहरी अस्पताल दिपायलमै उपचार भइरहेको छ।

    तालिम केन्द्रका प्रमुख तथा प्रशिक्षकहरुको असावधानी तथा तालिमे सिपाहीको काम प्रति ध्यान नदिने गरेका कारण उक्त तालिम केन्द्रमा पटकपटक यस्ता खाले घट्ना हुँदै आएको आरोप लाग्दै आएको छ।

    मोटरसाइकिल धुने क्रममा आफु घाइते हुनुका साथै अपाङ्ग भएपछि निकै पिडा बोध भएको तालिमे सिपाही चन्दले गुनासो गर्नु भयो। उहाँले भन्नुभयो, “मोटरसाइकिल धुन लगाउँदा आफु जिवन भरीका लागि अपाङ्ग भए, यो भन्दा ठूलो पिडा अरु के नै होला।

    उक्त तालिम केन्द्रमा तालिम गरिरहेका तालिमे सिपाहीको रिग्रुट तालिमको पासआउट हुँने समयावधि सकिएपनि कोरोना भाइरसको त्रासका कारण तालिमको पासपाउट हुन सकेको छैन्।

    प्रतिकृया दिनुहोस्

    बेलायतस्थित नेपालीहरुको भरपर्दो डिजिटल थलो नेपालयुके डटकमको पुनः प्रकाशन सुरु

    लण्डन। ठिक २० वर्ष पहिले बेलायतमा रहेका नेपालीहरूलाई सु-सूचित गर्ने र जोडने उद्देश्यले सुरु गरिएको...

    बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको आर्थिक सहयोग

    काठमाडौँ। शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैरआवासीय नेपाली संघ...

    आजको राशिफल

    आज जेठ २४, २०८२ (जुन ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सहकारी सचेतना तथा जागरण तालिम सम्पन्न

    मोरङ, जेठ २३ – रंगेलीमा स्थानीय तहमा सञ्चालन भइरहेका सहकारीहरूका लागि आवश्यक पर्ने विषयवस्तुमा केन्द्रित...

    रास्वपाको आरोप: “सभापति लामिछानेलाई काठमाडौं सार्न गृह मन्त्रालयकै चलखेलले अवरोध भयो”

    काठमाडौं, जेठ २३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट राजधानीको...