News Portal

“पाठशाला´´

हिमाली संचार संवाददाता
१०२२ पटक

आज बिहान
मेरी पढ्न जाने छोरीले मलाई
पाठशालाको महत्व बुझाउन लगाईन्

मैलें पनि मेरो जिन्दगीको आधा आधा समय
पाठशालामा बिताएको अनुभवको आधारमा
बताईदिएँ पाठशालाको महत्व!

बा,
कबाट कलम पढाएर
खबाट खबरदारी गर्न लेख्न सिकाएर
ज्ञबाट ज्ञानी बन्न सिकाउने
पाठशालामा त
अचेल
कबाट कपटी तरिकाले
खबाट खतरा मोल्दै
बबाट बलत्कार सिकाउन थालिएछन्

नत्र
किन घट्छ त बा दिनानुदिन बलत्कारका घटनाहरू
हाम्रै मुलुकको उत्तर दक्षिण पुर्व पश्चिम जतातता ??

बा,
पाठशालामा त
सकरात्मक सोच्दै निडर बनाउन सिकाउनु पर्ने हैन?
किन सिकाईन्छ,
हामी असुरक्षित छौं भन्दै ?
जो कोहीले हामीलाई जुनसुकै बेला
एक्लो भेटिएको अवस्थामा अस्मिता लुट्न सक्छ भन्दै

म एक्लो भएको बेला
हजुर वा कोही आफन्तै पुरुष मान्छे आए पनि
बलत्कारी नै आए झै आभाष हुन्छ,
कैले सम्म सन्त्राषमै बाँच्ने बा हामीले आफ्नै भन्नेहरूबाट पनि !!

गएर भनिदिनुस् बा पाठशालामा
केटाहरु पनि हामी संगै खेलुन्
केटाहरु पनि हामी संगै लेखुन् पढुन्
जस्ले तोडोस नकारात्मक सोच बिपरित लिङ्गप्रती !

ए बा !
जबसम्म पाठशालामा यौन शिक्षा पढाई हुन्न नि
तब सम्म हजुरकी छोरी पढ्न आउदिनन् रे भन्दिनुस् है
हाम्रो पाठशालामा !!!!!

©रमेश रसिक
निजगढ

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...