News Portal

ठेकेदारको लापरबाहीका कारण सडक हिलाम्मे, स्थानीयलाई सास्ती (फोटो फिचर)

हिमाली संचार संवाददाता
६८६ पटक
२०७७ असार ६, शुक्रबार

रबिन्द्र बराल/माेरङ – रंगेली नगरपालिका ८ स्थित दर्वेशा जाेडिने बिधुत प्राधिकरण अगाडिको सडक अहिले हिलाम्मे भएको छ।

१५ दिन अगाडि सडक निर्माणका लागि सडककाे दायाँ भागमा माटाे थुपारेपछि उक्त सडकमा केही दिन देखिकाे अबिरल बर्षाका कारण स्थानीयलाई आवतजावतमा समस्या परेकाेे छ।

रायमाझी-भिमेश्वर जेभी भक्तपुरले नेपाल बिधुत प्राधिकरण अगाडि सडकमा पानी परेपछि केही दिन देखि स्थानीयलाई अावतजावतमा निकै समस्या झेल्नुपरेको स्थानीय बताउँछन् ।

ठेक्केदारकाे लापरबाहीका कारणले गर्दा स्थानीयले दुख पाएकाे र बाईपास बाटाे समेत नभएको कारण निकै समस्या परेको उमाशंकर चाैधरीले बताए।

साे सडकमा रहेको हिलाेका कारण साईकल, माेटरसाईकल तथा पैदल यात्रीहरुलाई अावतजावत गर्दा निकै समस्या परेको उनलेे बताए।

पुर्वधार विकास कार्यालय माेरङ भाैतिक पुर्वधार बिकास मन्त्रालय प्रदेश कार्यलयद्वारा कुल ४१ करोडौं १९ लाख १२ हजार ८ सय ९५ रुपैयाँमा उक्त सडककाे निर्माणका लागि ठेक्का समेत पाएकाे हाे।

रायमाझी-भिमेश्वर जेभी भक्तपुरले असाेज २७ गते सम्झौता गरेको छ। साे सडक २०६८ असाेज ३० गते निर्माण सम्पन्न गर्ने गरि सम्झौता समेत गरेको छ। यसरी ठेक्केदारकाे लापरबाहीले गर्दा स्थानीयले जुनसुकै बेला पनि दुख गर्नुपर्ने बाध्य समेत रहेको छ।

फोटो फिचर

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...