News Portal

युएईदेखि एक सय ४८ जना यात्रु बोकेर जहाज काठमाण्डौ उड्यो

दुबइदेखि ९४ जना गर्मभवती महिला सहित काठमाण्डौ उडेको हो।

हिमाली संचार संवाददाता
६९२ पटक
२०७७ आसाढ ५, शुक्रवार

काठमाण्डौ । संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट आरएको पहिलो चार्टड विमान काठमाण्डौका लागि उडेको छ। १ सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज दुबई देखि काठमाण्डौका लागि उडेको हो।

आज फर्किएका सबै नेपालीहरु दूतावासको फारम भरेर प्राथमिकताका आधारमा काठमाण्डौका लागि उडेका हो। नेपाल फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेका नेपाली दूतावास युएईले जनाएको छ। १ सय १ जना महिलामध्ये ९४ जना गर्भवती महिला रहेका छन्।

त्यस्तै, उडानमा १० जना बिभिन्न रोगका कारण बिरामी परेका यात्रु रहेका छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक रहेका दूतावासले जनाएको छ। फर्किनेमध्ये ३ जना जेष्ठ नागरिकसमेत रहेका छन्।

गर्भवतीमध्ये २७ जनाका श्रीमान् पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु हुन्। आज उडेको विमानमा एक जनाको शव पनि नेपाल पठाइएको छ।

गएको चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव नेपाल पठाइएको नेपाली दूतावासकी श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिएकी हुन।

दूबई अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल २ बाट उडान भएको र अन्य राज्यबाट दुबई पुग्न लकडाउनका कारण समस्या भएकाले स्थानीय प्रहरीको अनुमति लिएर विमानस्थलसम्म पुगेका हुन।

दूतावासको समन्वय तथा सरकारको सहयोगमा सबैले हातेमालो गरेका कारण ढिलै भए पनि समस्यामा परेका नेपालीको उद्धारमा दूतावास लागि परेर काम गरिरहेको र त्यसको नतिजा आजको उडानबाट देखिएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताए।

नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको ३ सय ६० अमेरिकी डलर अर्थात झण्डै ४० हजार रुयैयाँ तिरेर टिकट काटेका छन्। नेपाल फर्किएका सबैको विमानस्थलमा निःशुल्क कोभिड परीक्षण गरिएको थियो।

यूएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरबियाले उडान भर्ने अनुमति पाएका छन्। नेपाल एयरलाइन्सको अर्को उडान असार ७ गते आइतबार यूएको समय अनुसार बिहान ११ बजे हुने नेपाल एयरलाइन्सको यूएई हेर्ने अधिकारिक एजेन्सी एन्टाका सजु पौलले जानकारी दिएका छन्।

स्वदेश फर्कन चाहनेको दूतावासले सम्बन्धित एयरलाइन्समा जानकारी गराएपछि त्यसकै आधारमा एयरलाइन्सले सम्बन्धित व्यक्तिहरुलाई उडान हुने मिति र टिकट काट्ने स्थानका बारेमा जानकारी गराउने नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर टिकाराम पङेनीले बताएका छन्।

पहिलो चरणमा यूएईबाट नेपाल एयरलाइन्सले २, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरेबियायाले ३/३ वटा उडान भर्ने दूतावासले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...