News Portal

कुवेतको खैतान र हावाली क्षेत्रमा लकडाउन खुल्यो, कर्फ्युको समय हेरफेर

हिमाली संचार संवाददाता
८०० पटक
२०२० जुन १८, बिहिबार

युग लामा/कुवेत – आज बसेको कुवेतको क्याबिनेटको बैठकले लकडाउन खुकुलो बनाउदै लैजाने निर्णय गरेको छ।

आउँदो आईतवार जुन २१ तारीखबाट यो निर्णयहरु लागु हुने गरि अहिले १२ घण्टा जारी गरिएको कर्फ्यु आदेश घटाउदै बेलुका ७ बजे देखि बिहान ५ बजे १० घण्टा कायम गरिएको छ।

कुवेतको जिलिब, फर्वानिया र महाबुला क्षेत्रमा लगाएको आइसोलेसन अर्को सूचना जारी नभएसम्म यथावत रहेको जनाएको छ। खैतान र हावाली क्षेत्रमा भने हटाएको छ।

विश्वब्यापीरुपमा संक्रमितहरुको संख्या बढेसंगै कुवेतमा सबै आउने जाने उडानहरु र सार्बजनिक यातायातहरु अस्थायीरुपमा बन्द गरेको छ।

साथै सङ्क्रमण नियन्त्रणको लागि कुवेत सरकारले सबै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सिनेमा हल, सपिङमल, सिसाईड, गार्डेन, लगाएत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बन्द गरेसंगै ब्यस्त सहरहरु सुन्सान अवस्थामा रहेको छ भने मार्च १ तारिख देखि नै बन्द गरिएको स्कुल कलेजहरु थप ४ महिना अर्थात् अगष्ट २०२० सम्मका लागि बन्द गरेको छ।

कुवेतमा अहिले कोरोना सुधारोंमुख छ। कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु ३८ हजार ७४ जना मध्ये ८ हजार २ सय ५४ संक्रमितहरुको उपचार भइरहेको छ भने १ सय ८८ जनाको अवस्था गम्भीर साथै ६ सय १६  थप गरि २९ हजार १२ जना अस्पतालबाट निको भएर डिस्चार्ज र ३ सय ६ जनाले ज्यान गुमाई सकेका छन।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...