News Portal

नदीमा नुहाउन गएका एक बालक बेपत्ता

हिमाली संचार संवाददाता
५२६ पटक
२०७७ असार २, मंगलबार

रौतहट – रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया गाउँ छेउमा रहेको झाँझ नदिमा एकजना बालक बेपत्ता भएका छन्। ३ जनाको समूहमा नुहाउन गएका मध्ये १ बालक नदीमा बगेर बेपत्ता भएका हुन्।

नुहाउने क्रममा स्थानीय मुकेश पाश्वानको १० बर्षिय छोरा सुरज पाश्वान नदिमा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए।

सँगै नुहाउन गएका ३ जना बालक मंगलबार दिउँसो उक्त नदीमा बेपत्ता भएका थिए। लगत्तै स्थानीय र प्रहरीको टोलिले २ जनालाई सकुशल उद्दार गरेको र  सुरज बेपत्ता भएको डिएसपी महतोले जानकारी दिए।

बेपत्ता बालकको खोजी भैइरहेको प्रहरीले जनाएको छ। पछिल्लो केही दिनदेखि वर्षासँगै रौतहटका नदी खोलामा बाढी समेत आउन सुरु भएको छ।

बाढी आउने मौसम सुरु भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले एक सूचना जारी गर्दै आआफ्नो बालबालिकालाई निगरानी गर्न र कुनै अप्रिय घटना हुन नदिन जिल्लाबासिलाई आह्वान समेत गरेको छ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...