News Portal

बाकेमा ठकुरी सहयोग संजाल जिल्ला कार्यसमिती गठन

हिमाली संचार संवाददाता
७६८ पटक

नेपालगन्ज – विश्व ठकुरी समुदायको साझा संगठन ठकुरी सहयोग संजाल बाके जिल्लाको जिल्ला कार्यसमिती गठन गरिएको छ । हिजो शनीबार नेपालगंजमा भएको भेलाले कार्यसमिती चयन गरेको हो ।

१६ सदस्यि कार्य समितीमा युवा ब्यबसायी दिपक बहादुर शाहीलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । बरिष्ठ उपाध्यक्षमा बिष्णु सिंह ठकुरी, उपाध्यक्षमा देब बहादुर शाही लाई चयन गरिएको छ ।

महासचिव र सचिवको जिम्मेवारी क्रमस कष्ण बहादुर मल्ल र युवराज शाहलाई चयन गरिएको छ ।

त्यसैगरी कोषाध्यक्ष तर्फ अरुण विक्रम शाह रहनु भएको छ भने सदस्यहरुमा युवराज जंग शाह, कल्पना शाही, खेमराज बम, राजश्री शाह, भरत विक्रम सिंह ठकुरी, सुरज राज मल्ल, सौभाग्य जंग शाह, प्रकाश शाही, यसोदा सिंह ठकुरी र संयोग जंग शाह रहेका छन् भने तत्काल बसेको कार्य समितीको पहिलो बैठकले जयाश्री शाह र एकिकरण शाहलाई सदस्यमा मनोनयन गरेको छ ।

ठकुरी सहयोग संजाल बाकेले ११ सदस्यि सल्लाहकार समिती पनि चयन गरेको छ ।

सल्लाहकार समिती तर्फ भेरि अञ्चल अस्पतालमा कार्यरत स्त्री रोग विशेसज्ञ चिकित्सक कुमार शान शाह, बरिष्ठ संचारकर्मी जयनारायण शाह, भुतपुर्व बरिष्ठ प्रहरी उपरिक्षक मान बहादुर शाही, नेपाल उधोग वणीज्य संघ सदस्य तपेन्द्र विक्रम शाह, सेन्चुरी बैंक प्रवन्धक आकाश सिंह, ब्यबसायी ओमकार शाही र महिला विकास कर्मचारी तारा देवी सिंह रहेका छन भने कानुनी सल्लाहकार तर्फ बरिष्ठ अधिवक्ता टिका जंग सिंह, लोक बहादुर शाह, बल बहादुर चन्द र भोला सिंह हामाल रहेका छन् ।

कार्य समिती गठन भेलालाई संजालका केन्द्रिय अध्यक्ष रेशम जंग शाह, विदेश विभाग संयोजक रामु शाही र प्रदेश नं. ५ प्रमुख संयोग जंग शाहले संवोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...