News Portal

  • जनसम्पर्क समिति मकाउको सातौ बार्षिक उत्सव सम्पन्न

    हिमाली संचार संवाददाता
    ७९२ पटक
    २०७७ आसाढ १, सोमवार

    मकाउ । जनसम्पर्क समिति मकाउले आफ्नो सातौ बार्षिक उत्सव मकाउमा स्थापना गठन गरेकै दिन एक कार्यक्रमको आयोजना गरेर हिजो आइतबार मेट्रोपोल होटेल मकाउमा आफ्नो बार्षिक उत्सव सम्पन्न गरेको छ।

    आयोजित कार्यक्रमका कार्यवाहक सभापति चण्डी योङया र नेपाली सहयोगी हातहरु, मकाउका निर्देशक उदय वाग्लेले संयुक्त  पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गरेका थिए।

    नेपाली जनसम्पर्क समिति मकाउका संरक्षक सुदर्शन थापा मगरको विशेष अतिथि, नेपाली सहयोगी हातहरु, मकाउका निर्देशक उदय वाग्लेको प्रमुख अतिथि रहेको थियो।

    मकाउमा रहेका विभिन्न संघ संस्थाहरु गैरआवासीय नेपाली संघका अध्यक्ष पुर्ण बहादुर गुरुङ, प्रावसी नेपाली एकता मञ्चका अध्यक्ष शिव थापा, अन्तराष्ट्रिय नेपाली समाजका संयोजक प्रजुन कुमार अधिकारी, मगर संधका उपाध्यक्ष हिरा थापा मगर, तमु समाजका सचिव राजेश गुरुङ, तामाङ घेदुङ संघका उपाध्यक्ष कल बहादुर तामाङ लगायदका आतिथ्यमा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको थियो। 

    सन् २०१३ जुन १४ तारिख नेपाली कांग्रेस पूर्व महामन्त्री, तात्कालिन नेपाल सरकारको पूर्व उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्य, नेपाली काँग्रेसका महिला नेतृ श्रृजना सिंह विशेष आतिथ्यमा सभापति अम्बिर जोशीको नेतृत्वमा पहिलोपटक मकाउमा नेपाली जनसम्पर्क समिति मकाउको स्थापना भएको थियो।

    नेपाली जनसम्पर्क समिति मकाउले छैठौं वर्ष पुरा गरी सातौं वर्षमा आफ्नो स्थापना दिवसको अवसरमा राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति आस्था राख्ने मकाउमा कार्यरत नेपाली कांग्रेसका क्रियाशील सदस्यताहरुको विशेष सहभागितामा सातौ बार्षिक उत्सव सम्पन्न गरेको हो।

    आयोजित कार्यक्रममा ज्ञात अज्ञात शहीदहरु प्रति मौनधारण श्रदाञ्जली अर्पण गरी सम्मान गरेका थिए। आयोजित कार्यक्रमको संचालन भने नेपाली जनसम्पर्क समितिका उपाध्याक्ष निर्मला थापा मगरले संचालन गरेकी थिइन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

    काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई...

    जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउन मागपत्र प्रमाणीकरण सुरु

    काठमाडौं, कात्तिक ११ – जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु भएको छ। जापानस्थित...

    जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता

    काठमाडौं, कात्तिक ११ – जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएका छन्।...

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिँड्दै, सिंगापुरमा ह्विलचियरमा देउवा दम्पती

    काठमाडौँ, कार्तिक ११ — जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार...

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...