News Portal

गाउँपालिका अध्यक्ष भोजमा मस्त, क्वारेन्टाइनमा बस्ने नागरिकको बेहाल

गाउँपालिकाका अध्यक्षले गरे लकडाउन उल्लंघन, दुई युवालाई वडाध्यक्षले गरे लछारपछार

हिमाली संचार संवाददाता
५८८ पटक
२०७७ जेठ ३२ आइतबार

सुर्खेत – लकडाउनको अवस्थामा सिम्ता गाउँपालिका सरकारका प्रमुख कविन्द्र कुमार केसीको नेतृत्वमा विभिन्न वडाका जनप्रतिनिधिहरू स्थानीय मानिसहरूको सहभागितामा राजकाडा दरबारको शिलान्यासको निहुँमा ठुलो भोजको आयोजना गरिएको छ।

सरकारले लकडाउनको उल्लङ्घनका नाममा सर्वसाधारणलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन सुझाव दिएका छन। त्यसको विपरीत उनको नेतृत्वमा आएको १५/२० वटा मोटरसाइकलमा राकम, बजेडीचौर, आग्रीगाउ र अन्य स्थानीय सर्वसाधारणको उपस्थितिमा खसी कोल्डड्रिङ्स र विभिन्न खाद्यपदार्थसहित बडालेखमा भोज भतेरको आयोजना गरिएको थियो।

उक्त भोजमा गएका बजेडीचौरका इन्द्रबहादुर सिंह र डम्बर सिंहलाई भोज भतेरमा फोटो खिचेको निहुँमा वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्र सिंहले हातपात र लछारपछार गरेकाछन।

यसरी लकडाउनको वेलामा जनतालाई सु-सूचित गर्ने जिम्मा पाएको स्थानीय सरकारले नै लकडाउन उल्लङ्घन गरी भेला भैई भोज भतेर गर्ने तर सर्वसाधारणको जनताको आरडिटी नगरी घर पठाएको भनि स्थानियहरु आक्रोशित छन।

यस्तो गलत हर्कत गर्ने सरकारलाई कार्वाही गर्ने जिम्मा कसको हो ? सर्वसाधारणले लकडाउन उल्लङ्घन गरे भनि प्रहरी लगाएर पक्राउ गर्न लगाउने सरकारले आफै उल्लङ्घन गरे कसले कार्वाही गर्ने ?

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...