News Portal

गाउँपालिका अध्यक्ष भोजमा मस्त, क्वारेन्टाइनमा बस्ने नागरिकको बेहाल

गाउँपालिकाका अध्यक्षले गरे लकडाउन उल्लंघन, दुई युवालाई वडाध्यक्षले गरे लछारपछार

हिमाली संचार संवाददाता
५४६ पटक
२०७७ जेठ ३२ आइतबार

सुर्खेत – लकडाउनको अवस्थामा सिम्ता गाउँपालिका सरकारका प्रमुख कविन्द्र कुमार केसीको नेतृत्वमा विभिन्न वडाका जनप्रतिनिधिहरू स्थानीय मानिसहरूको सहभागितामा राजकाडा दरबारको शिलान्यासको निहुँमा ठुलो भोजको आयोजना गरिएको छ।

सरकारले लकडाउनको उल्लङ्घनका नाममा सर्वसाधारणलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन सुझाव दिएका छन। त्यसको विपरीत उनको नेतृत्वमा आएको १५/२० वटा मोटरसाइकलमा राकम, बजेडीचौर, आग्रीगाउ र अन्य स्थानीय सर्वसाधारणको उपस्थितिमा खसी कोल्डड्रिङ्स र विभिन्न खाद्यपदार्थसहित बडालेखमा भोज भतेरको आयोजना गरिएको थियो।

उक्त भोजमा गएका बजेडीचौरका इन्द्रबहादुर सिंह र डम्बर सिंहलाई भोज भतेरमा फोटो खिचेको निहुँमा वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्र सिंहले हातपात र लछारपछार गरेकाछन।

यसरी लकडाउनको वेलामा जनतालाई सु-सूचित गर्ने जिम्मा पाएको स्थानीय सरकारले नै लकडाउन उल्लङ्घन गरी भेला भैई भोज भतेर गर्ने तर सर्वसाधारणको जनताको आरडिटी नगरी घर पठाएको भनि स्थानियहरु आक्रोशित छन।

यस्तो गलत हर्कत गर्ने सरकारलाई कार्वाही गर्ने जिम्मा कसको हो ? सर्वसाधारणले लकडाउन उल्लङ्घन गरे भनि प्रहरी लगाएर पक्राउ गर्न लगाउने सरकारले आफै उल्लङ्घन गरे कसले कार्वाही गर्ने ?

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...