News Portal

पत्नीलाई वडाध्यक्षसँग कोठाभित्रै रंगेहात फेला पारेपछि…

हिमाली संचार संवाददाता
१०८५ पटक

बागुलङ – बागलुङ जिल्लामा प्रहरीले वडाध्यक्षलाई बुर्तिबाङमा अर्काकी पत्नसँग कोठाभित्रैबाट पक्राउ गरेको छ ।

वडाध्यक्षलाई केही समय नियन्त्रणमा राखेर प्रहरीले राजनीतिक दवावमा छाडिदिएको छ । वडाध्यक्ष कृष्ण गुरुङलाई प्रहरीले भदौ १७ गते आइतबार बुर्तिबाङबाट पक्राउ गरेको हो । कविता केसी (नाम परिवर्तन)को घरको कोठाबाट वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको थियो ।

कविता केसीका पतिले आफ्नी पत्नी र वडाध्यक्ष कृष्ण गुरुङलाई कोठाभित्र सँगै फेला पारेपछि प्रहरी बोलाएर रंगेहात पक्राउ गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी दीपक रेग्मीले महिलाका पतिले वडाध्यक्ष कृष्ण गुरुङ र आफ्नी पत्नीलाई कोठाभित्रै सँगै देखेपछि प्रहरी बोलाएर पक्राउ गराएको जानकारी दिए ।

‘घटनाको प्रकृति र अनुसन्धानबाट तत्काल ती महिला र वडाध्यक्ष कृष्ण गुरुङबीच कुनै अनैतिक क्रियाकलाप गरेको नदेखिएपछि छाडिदियौँ । अरु बेला के भएको थियो हामीलाई थाहा भएन । पुष्टि हुने कुरा पनि भएन’, एसपी रेग्मीले भने, ‘मिलापत्र गरेपछि पति–पत्नीसँगै गएका छन् ।’

कविता केसी र वडाध्यक्ष कृष्णबहादुर गुरुङबीच अनैतिक सम्बन्ध रहेको पतिले चालपाएपछि पिछा गरेका थिए । संयोगले आइतबार कोठाभित्रै पत्नी कविता केसी र वडाध्यक्ष कृष्णबहादुर गुरुङलाई फेला पारेपछि प्रहरी बोलाएर पक्राउ गराएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...