News Portal

धादिङ सिद्धलेक गाउँपालिकाका एक जना  पुरुषमा कोरोना पुष्टि

हिमाली संचार संवाददाता
४७६ पटक
२०७७ जेठ ३० शुक्रबार

धादिङ– सिद्धलेक गाउँपालिकाका एक जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका सिद्धलेक गाउँपालिका वडा नं २ का ३८ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धादिङ अस्पतालका सुचना अधिकारी बिक्रम विकले जानकारी दिनुभयो ।

ति पुरुषको जेठ २७ गते स्वाब संकलन गरी परिक्षणको लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमान्डौ पठाइएको र आज पिसिआर रिपोर्ट पोजिटिभ आएको विकले बताउनुभयो । संक्रमित पुरुष हाल सिद्धलेकको क्वारेन्टिनमै रहेका छन् । यससँगै सिद्धलेक गाउँपालिकामा मात्रै कोरोना संक्रमितको संङख्या २ पुगेको छ ।

यसअघि सिद्धलेकको वडा नं ५ कुम्पुरकी २३ वर्षिय गर्भवति महिलामा संक्रमण पुष्टि भएको थियो, हाल उनी उपचाररत रहेकी छिन् । यो सँगै जिल्लाभर संक्रमितको संख्या ३१ पुगेको छ । बिहिबार त्रिपुरासुन्दरी गाउँपालिकाको ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...