News Portal

सिन्धुलीमा चिरान काठ दुई ट्रयाक्टर बरामद

हिमाली संचार संवाददाता
३२९ पटक
२०७७ जेठ ३० शुक्रबार

सिन्धुली – सिन्धुलीको तीनपाटन गाउँपालिकाको लंगुरखोलाबाट चकमकेतर्फ लैजाँदै गरेको दुई ट्रयाक्टर चिरान काठ प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर केसीका अनुसार चकमके प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नेतृत्वमा गएको गस्ती टोलीले दुइटा ट्रयाक्टरमा अवैध चिरान काठ निकासीका लागि लैजाँदै गर्दा बरामद गरेको हो।

लु ३ च ४१८३ र लु ३ च ५११४ नं ट्रयाक्टरसहित काठ प्रहरी चौकीमा राखेर अनुसन्धान भइरहेको छ भने चालक फरार रहेको डिएसपी केसीले जानकारी दिए ।

बरामद चिरान काठबारे सिन्धुली डिभिजन वन कार्यालयलाई जानकारी गराइ समन्वय भइरहेको उनले सुनाए । त्यस्तै दुधौली नगरपालिका डकाहा नजिकको जंगलमा समेत लकडाउनको मौका छोपी तस्करले सालका रुखहरु ढालेको स्थानीयले प्रहरीलाई जानकारी गराएका छन्।

डकाहाभन्दा माथि जंगलमा चोरी निकासीका लागि जंगल कटान भएको खबर आएको र वन कार्यालयका कर्मचारीसहित टोली गएको डिएसपी केसीले बताए।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...