News Portal

सिन्धुलीमा चिरान काठ दुई ट्रयाक्टर बरामद

हिमाली संचार संवाददाता
३०७ पटक
२०७७ जेठ ३० शुक्रबार

सिन्धुली – सिन्धुलीको तीनपाटन गाउँपालिकाको लंगुरखोलाबाट चकमकेतर्फ लैजाँदै गरेको दुई ट्रयाक्टर चिरान काठ प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर केसीका अनुसार चकमके प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नेतृत्वमा गएको गस्ती टोलीले दुइटा ट्रयाक्टरमा अवैध चिरान काठ निकासीका लागि लैजाँदै गर्दा बरामद गरेको हो।

लु ३ च ४१८३ र लु ३ च ५११४ नं ट्रयाक्टरसहित काठ प्रहरी चौकीमा राखेर अनुसन्धान भइरहेको छ भने चालक फरार रहेको डिएसपी केसीले जानकारी दिए ।

बरामद चिरान काठबारे सिन्धुली डिभिजन वन कार्यालयलाई जानकारी गराइ समन्वय भइरहेको उनले सुनाए । त्यस्तै दुधौली नगरपालिका डकाहा नजिकको जंगलमा समेत लकडाउनको मौका छोपी तस्करले सालका रुखहरु ढालेको स्थानीयले प्रहरीलाई जानकारी गराएका छन्।

डकाहाभन्दा माथि जंगलमा चोरी निकासीका लागि जंगल कटान भएको खबर आएको र वन कार्यालयका कर्मचारीसहित टोली गएको डिएसपी केसीले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...