News Portal

  • भारतमा एक मन्त्रीलाई कोरोना सङ्क्रमण

    हिमाली संचार संवाददाता
    ४४८ पटक
    २०७७ जेठ ३० शुक्रबार

    एजेन्सी – कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या बढिरहेको भारतमा एक प्रदेश मन्त्रीलाई पनि कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

    भारतको मुम्बई प्रदेशका १ जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको श्रोतले शुक्रबार जानकारी दिएको छ । सङ्क्रमित भएका मन्त्री एनसीपीका नेता भएको पनि श्रोतले उल्लेख गरेको छ ।

    भारतको मराथवाडा क्षेत्रका जनप्रतिनिधिसमेत रहेका एनसीपीका नेता महाराष्ट्र प्रदेशमा सङ्क्रमित हुने तेस्रो मन्त्री हुन् ।  यसअघि सङ्क्रमित भएका मन्त्रीहरुमा काँग्रेसबाट मन्त्री भएका अशोक चावन र एनसिपिबाट मन्त्री भएका जितेन्द्र अवहाद रहेका थिए । उनीहरुलाई अहिले निको भइसकेको छ ।

    बिहीबार राति अबेर उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो । उनलाई अहिले मुम्बईस्थीत क्वारेन्टाइनमै राखिएको श्रोतले बताएको छ ।

    मन्त्रीसँगै उनको निजी सचिवालयमा संलग्न केही व्यक्तिहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । उनीहरुलाई आइसोलेसनमा राखिएको पनि श्रोतको भनाई छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २४ गतेको राशिफल

    आज मंसिर २४, २०८२ (डिसेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसवाई प्यानल नेप्सेमा सूचीकृत, कारोबार बुधबारदेखि सुरु हुने

    काठमाडौं, २३ मंसिर – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा नयाँ कम्पनी एसवाई प्यानलको सेयर सूचीकृत भएको...

    प्रचण्डद्वारा उच्च पदस्थको सम्पत्ति छानबिनको माग दोहोर्याइयो

    काठमाडौं, २३ मंसिर – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ पछि उच्च पदमा पुगेका सबै व्यक्तिहरूको...

    राजा र नयाँ समझदारीका लागि राप्रपाको प्रदर्शन

    काठमाडौं, २३ मंसिर – राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माण गर्न दबाब दिने...

    ठेकेदारको ढिलाइले विकासमा बाधा, मन्त्री घिसिङ चिन्तित

    ललितपुर, मंसिर २३ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री...