News Portal

सांसद नवीनाले छुटाएका गुण्डा नाइके सत्यमान फेरि पक्राउ

हिमाली संचार संवाददाता
६९० पटक

काठमाडौं – पूर्वएमालेकी सांसद नवीना लामाले केही महिना अगाडि प्रहरीको कब्जाबाट छुटाएकी गुण्डा नाइके सत्यमान लामा पक्राउ फेरि पक्राउ परेका छन् ।

लामालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मंगलबार काठमाडौंको ठमेलबाट नियन्त्रणमा लिएको हो ।

सत्यमान लामाले गुण्डा नाइके दावा लामाको काठमाडौंको कारोबार सम्हाल्दै आएका थिए । नवीना लामाले सत्यमान लामालाई आफ्नो भाइ बताउने गरेकी छिन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहका अनुसार काभ्रे तिमाल स्थायी घर भई शंखमुल बस्दै आएका मानबहादुर तामाङ र उनकी दिदी जितमाया तामाङलाई काट्छु–मार्छु भन्दै धम्की दिएको जाहेरी परेपछि सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको रिपब्लिकदैनिकले समाचार लेखेको छ।

दावा लामाको मुन्सीको रुपमा काम गर्दै आएका सत्यमान लामाका विरुद्ध लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारको उजुरी प्रहरीमा परेपछि गत असार २८ गते पक्राउ गरिएको थियो । नेकपाकी सांसद एवम् केन्द्रिय सदस्य नवीना लामाले प्रहरीलाई दवाव दिएर आफ्नो जिम्मा लिएर छुटाएकी थिइन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...