News Portal

बाजुराका पत्रकार सिंह गाउँलेका डाक्टर !

पत्रकार सिंह सरकारी तथा गैरसरकारी कार्यालयहरुले आयोजना गरेका बैठक/गोष्ठीमा सहभागी हुन्छन् । पाएको भत्ता गोजीमा हालेर ल्याउँछन् । घरमा आएर छुट्टै हिसाब राख्छन् । आफूले खर्च गर्दैनन् । त्यो रकम जम्मा गरेर उनी सहाराबिहीनहरुलाई सहयोग गर्छन् !

हिमाली संचार संवाददाता
१९४१ पटक

१९ भदौ, डोटी – नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष प्रकाश बहादुर सिंहले २०७४ साल साउनदेखि हालसम्म सरकारी कार्यालय र गैरसरकारी संस्थाहरुले जिल्लास्तरमा आयोजना गरेका ४५ बैठक/गोष्ठीमा सहभागी भए ।

सोवापत पाएको २६ हजार तीन सय ४४ रुपैयाँ भत्ता प्राप्त भयो । तर, उनले त्यो भत्ता आफूले खर्च गरेनन्, सहाराबिहीनहरुलाई बाँडे ।

२०७३ फागुनमा पत्रकार महासंघको अध्यक्षमा निर्विरोध चयन भएका सिंहले आफ्नो कार्यकालमा विभिन्न बैठक/गोष्ठीबाट प्राप्त भत्ताको रकम जिल्लाका पीडितहरूलाई सहयोग गर्दै आएका छन् ।

त्यसो त सिंह अध्यक्ष हुनुअघि पनि बिभिन्न सामाजिक कार्यहरु गर्दै आएका थिए । उनले हालसम्म पाएको भत्ता सहाराबिहिनलाई बाँडेका छन् । ‘म २०७४ साल साउनदेखि हालसम्म जिल्लामा भएका विभिन्न ४५ बैठक/गोष्ठीमा सहभागि भएँ’ “द हिमालयन टाइम्स” बाजुरा संवाददाता समेत रहेका सिंहले भने ‘ती कार्यक्रमहरुमा सहभागी भएवाफत पाएको भत्ताको रकममध्ये १७ हजार तीन सय ४४ मैले बाजुरा, बडीमालिका नगरपालिका-८ राप्का घर भएकी ४५ वर्षीया एकल महिला पारू थापालाई सहयोग गरेँ ।’

६ वर्षअघि श्रीमान् गुमाएकी थापालाई भएको जग्गा जमिन खोलाले बगाएपछि दुई छोरा पाल्न धौ-धौ थियो । पत्रकार सिहंले दिएको १७ हजार ३ सय ४४ रूपैयाँले बाख्रा खरिद बाख्रा पालन गर्ने थापाले बताइन् ।

यस्तै गत मंसिरमा भालुको आक्रमणबाट घाइते भएकी बडिमालिका नगरपालिका-९ कि २० वर्षीया कन्चना उखेडाको उपचारका ४ हजार रकम सहयोग गरेका थिएँ । वीर अस्पताल काठमाण्डौंमा पुगेर सिंहले उक्त रकम सहयोग गरेका थिए ।

त्रिबेणी नगरपालिका-७ का १७ वर्षीया नवीन पाध्याय क्यान्सर पीडित छन् । सिहंले नवीनको उपचारका लागि ५ हजार सहयोग गरेका थिए ।

पत्रकार महासंघको जिल्ला शाखा अध्यक्ष भएपछि सिंहले २०७३ फागुनदेखि यता विभिन्न असहाय, टुहुरा बालबालिका, महिला, जनजातिलाई विभिन्न आर्थिक, भौतिक सहयोग गरिसकेका छन् ।

सिंहले असाय, टुहुरा र पिडित बालवालिकाहरूको शैक्षिक सामग्री खरिदका लागि भन्दै १७ हजार रकम जिल्ला बाल कल्याण समितिको खाता मार्फत बालबालिकालाई सहयोग गरेका थिए ।

गाउँलेका डाक्टर

पेशाले पत्रकार भएपनि सिंहको शैक्षिक पृष्ठभूमि स्वास्थ्यकर्मीको हो । उनले सहायक स्वास्थ्य कार्यकर्ता (एचए) पढेर केही समय सरकारी स्वास्थ्य संस्थामा पनि काम गरे ।

हाल उनी समाचार संकलनका लागि गाउँतिर जाँदा आफूसँग भएका स्वास्थ्य सम्वन्धी उपकरणहरु र आफूलाई अधिकार भएका औषधि पनि बोकेर जान्छन् ।

गाउँमा कसैले बिरामी छु भनेपछि उनी चेकजाँचमा लागिहाल्छन् । ‘सामान्य समस्या रहेछ भने औषधि दिएर आउँछु’ अनलाइनखबरसँग कुरा गर्दै सिंहले भने, ‘यदि मेरो लेवलबाट समाधान नहुने समस्या रहेछ भने उचित सल्लाह दिएर आउँछु ।’

पत्रकार सिंहले अघि थपे, ‘गाउँतिर त टाउको दुख्दा सिटामोल लिन जाउँ भने पनि धेरै हिड्नु पर्ने अवस्था हुन्छ, यस्तोमा मेरो सानो प्रयासले कसैलाई राहत हुन्छ भने किन नगर्नु ?’

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...