News Portal

राहदानीमा गम्भीर त्रुटि : राष्ट्रियता तिब्बतीयन, धादिङकाे ठेगानामा डाेटी

हिमाली संचार संवाददाता
१३९३ पटक

हरिहरसिंह राठौर
धादिङ — परराष्ट्र मन्त्रालयबाट आफ्नो नाममा जारी राहदानीमा ठेगाना र राष्ट्रियता नै फरक लेखिएको हात परे पछि गजुरी–१ कि स्थायी बासिन्दा मुक्तिकला लामिछाने छक्क परिन् र फेरि जिल्ला प्रशासनमै पुगिन् ।

परराष्ट्र मन्त्रालयकाे राहदानी विभागले लामिछानेलाई तिब्बती नागरिकको रुपमा पासपोर्ट जारी गरेको छ।

नेपाली नागरिकलाई तिव्बतीयन भन्दै राहदानी विभागले पासपोर्ट जारी गरि दिएपछि लामिछानेराहदानीका कारण तनावमा छिन्। विभागले जारी गरेको राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने लेखिएको छ भने अर्को पानामा नाम मोक्तिकला लेखिएको छ। त्यति मात्र होइन लामिछानेको ठेगाना गजुरी बजार–१ गजुरी डोटी लेखिएको छ र राष्ट्रियता तिब्बतियन भनेर लेखिएको छ।

स्नातकोत्तर तह अध्ययन पुरा गरेकी लामिछानेले आफूले बुझाएको राहदानी आवेदन फाराममा त्यस्तो कुनै गल्ती नभएको दाबी गरिन्। ‘मैले पटक पटक पढेर फाराममा सही गरेकी थिए, लेखपढ गर्न नसक्ने व्यक्ति भए त झुक्किए होलान् भन्न सकिन्थ्यो,’ उनले भनिन्, ‘फाराम गल्ती भए जिल्ला प्रशासनबाट आवेदन स्वीकृत हुँदैन्थ्यो।’

उनले गत साउन २५ गते जिल्ला प्रशासन कार्यालय धादिङमा आवेदन फाराम बुझाएकी थिइन्। भदौ १५ गते जिल्ला प्रशासन कार्यालयबाट पासपोर्ट बुझ्दा आफूलाई तिब्बती नागरिकको रुपमा पासपोर्ट बनेर आएको लामिछानेले बताइन्।

जिल्ला प्रशासन कार्यालयले विभागको गल्तीले पासपोर्ट बिग्रिएकाले विभागमै गएर तत्काल अर्को पासपोर्ट लिन लामिछानेलाई सुझाव दिएकाे छ । ‘गलत विवरणसहितको पासपोर्ट राहदानी विभागमै फर्काएर अर्को लिनलाई सिफारिस गरेका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले भनेको कान्तिपुरमा समाचार छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा नेपाली घरेलु कामदारमाथि दुर्व्यवहार र धम्की प्रकरण: मानव तस्करी, दलाली र दूतावासको भूमिकामाथि फेरि गम्भीर प्रश्न

कुवेत — कुवेतमा नेपाली घरेलु कामदारका रूपमा कार्यरत महिलामाथि हुने दुर्व्यवहार, धम्की, दलाली तथा मानव...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...