News Portal

  • सरकार र चिकित्सक संघबीचको वार्ता निष्कर्षबिहीन

    हिमाली संचार संवाददाता
    ६६८ पटक

    काठमाडौं–सरकार र चिकित्सक संघबीचको वार्ता निष्कर्षबिहीन बनेको छ । भाद्र १ देखि लागू भएको मुलुकी अपराध (संहिता) परिच्छेद १९ को ‘इलाज सम्बन्धी कसूर ’ सच्याउनु पर्ने माग गर्दै चिकित्सक संघले आन्दोलित बनेको छ ।

    आज स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा सरकारी पक्षले चिकित्सकहरुले उठाएका माग सम्बोधन गर्न कानुन मन्त्रालयलाई परिपत्र गरिसकेकाले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो ।
    तर, चिकित्सकहरुले भने सरकारलाई १५ दिने अल्टीमेटम दिँदा पनि कुनै निर्णय हुन नसकेको कारण आन्दोलनमा जानु परेको र सम्बोधनको हुने ठोस प्रतिबद्धता आएमात्रै आन्दोलन रोक्न सकिने अडान लिएका थिए । योसँगै वार्ता कुनै सहमति बिनै टुंगिएको हो ।
    नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले सरकारले माग पूरा हुने भरपर्दो आधार तयार नहुँदासम्म आन्दोलन जारी रहने बताए ।
    आन्दोलनका कार्यक्रम अनुसार संघले अाज देशभरका स्वास्थ्य संस्थाको प्रशासन ठप्प पारेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...