News Portal

विश्व वातावरण दिवसमा बृक्षारोपण

हिमाली संचार संवाददाता
५१७ पटक
२०७७ जेठ २४, शनिवार

रबिन्द्र बराल/मोरङ – “सुरक्षित जीवनका लागि जैविक विविधता” भन्ने मुल नाराका साथ विश्व वातावरण दिवस सम्पन्न भएको छ। प्रत्येक बर्ष डिभिजन वन कार्यालय मोरङले फलफुलका विरुवा वितरण तथा बृक्षारोपण गरेर दिवस सम्पन्न गरेको हो। 

विश्वस्तरमा विश्व वातावरण दिवस पनि यस वर्ष ४८औं विश्व वातावरण दिवस मनाएको छ। डिभिजन वन कार्यालय मोरङ र विभिन्न संघसंस्थाहरुले मोरङ जिल्लाका विभिन्न स्थानमा फलफूल लगायत काष्ठजन्य प्रजातिका विरुवाहरु वितरण एवं वृक्षारोपण गरी मनाएकाे छ।

नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय बृक्षारोपण वर्षलाई अभियानको रुपमा सफल बनाउने क्रममा ग्रामथान गाउपालिकाका वडा नं.६ स्थित पब्लिक माध्यमिक विद्यालयको जग्गामा वृक्षारोपण गरिएको छ।

उक्त कार्यक्रममा माननीय उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री श्री विजयकुमार विश्वासले २ सय वटा आँप, कटहर, लिची जस्ता फलफूल र मसला, टीकको गरी ९ सय २५ विरुवा राेपिएकाे छ।

डिभिजन वन कार्यालय मोरङ अन्तर्गतका विभिन्न सब डिभिजन वन कार्यालयहरु बेलबारी, पथरी, मंगलबारे र कानेपोखरी सव डिभिजन वन कार्यालयहरुले कार्यालय कम्पाउण्डमा बृक्षाराेपण गरिएको हो।

 विराटनगर-८ जतुवास्थित स्वस्थानेश्वर मन्दिरको सार्वजनिक जग्गा, आमजुंगी सामुदायिक वन केराबारीको खाली वनक्षेत्रमा फलफुलका विरुवा रोपण तथा मंगलबारे र लेटाङमा वन उपभोक्ता तथा किसानहरुलाई फलफूलका विरुवा वितरण गरिएको छ।

यसैगरी रंगेली नगरपालिका-७ स्थित आर्यघाटमा आँप, लिची लगायतका ४० वटा फलफुलका विरुवाहरु र राजवृक्ष जामुन लगायतका अन्य फूल फुल्ने विरुवाहरु रोपण गरिएको जिल्ला वन कार्यलय माेरङका विशाल घिमिरेले बताए।

साेहि, अवसर पारेर बिराटनगर महानगरपालिका वडा नम्बर ४ कन्चनबारी देखि नोबेल अस्पताल सडकको दायाँबायाँ दुबै सडकहरुमा फुल फुल्ने जातको बिरेन्द्रफुलको बिरुवा १ सय ५० वटा बृक्षारोपण गरिने योजना रहेको घिमिरेले बताए।

उक्त कार्यक्रमहरुमा वेलबारी नगरपालिकाको प्रमुख  ग्यानेन्द्र सुवेदी, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलीप राई, कानेपोखरी गाउपालिकाको अध्यक्ष तारा बहादुर काफ्ले, रंगेलीका मनाेज  अग्रवाल, लगायतको समेत उपस्थिति रहेको थियोे।

मोरङ जिल्लामा फलफुलका ६ हजार ३ सय ८५ वटा तथा अन्य काष्ठजन्य ६ हजार २ सय ६० गरी जम्मा १२ हजार ६ सय ४५ बृक्षारोपण भएको हाे। यस वर्ष डिभिजन वन कार्यालय मोरङबाट ४० हेक्टर जग्गामा बृक्षारोपण गर्ने तथा आठ लाख विरुवा विभिन्न नीजि तथा सरकारी स्तरमा रोपण गर्न वितरण गरिने योजना कार्यालयको रहेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...