News Portal

चम्पेबजारबासीहरु बिस्थापित हुन्छन कि भन्ने चिन्तामा गाउँपालिका अध्यक्ष कार्की

राजकुमार राई
१२४३ पटक
२०७७ जेठ २३, शुक्रवार

भोजपुर – भोजपुर जिल्ला अन्तर्गत अरुण गाउँपालिका वडा नम्बर-२ चम्पेबजार जिल्ला भरिको पुरानो दोस्रो ठुलो बजारमा कुनै समय गनिथियो पन्ध्र दिने औंसीपुर्णमा बजारमा लाखौंको कारोबार हुनेबजार आज आएर हजारौंको कारोबार पनि हुन छोडियो यो त समय अनुसारको परिबर्तन होला।

तर हिजोको चम्पेबासी बुद्धिजिबी सरोकरवालाहरुले चम्पेहुदै गुडने मेनरोड गुमाए। चम्पेको लागि आएको प्रहरी चौकी चम्पेबासीले चाहिन्न भन्दा प्याउली पुगियो। हिजोको त्यहि प्याउलीको चाम्लिङे ढुङ्गा उदाहरणको लागि हेर्नुस्।

रातारात बजार बनियो त्यहा नै मेनरोड सवारी साधन बिसाउने जक्सन बनियो त्यो ठाउमा सबै सेवा सुबिधा पुगियो गाउँपालिका कार्यलय त्यहा नै बैंक, प्रहरी चौकी, प्रथामिक स्वास्थ चौकी, +२ बिध्यालय त्यहा नै तर चम्पेबजार धेरै पुरानो ईतिहास बोकेको बजार अहिलेसम्म ओझेलमा परिरहेको छ।

यो हुनुमा ठुलो हात भनेको चम्पेबासी पुराना मैहु भन्नेहरुले गराएको प्रष्ट छ। अहिले यसो बुझ्दा उहाहरुलाइ चम्पे न चाहिने भएको कारणले यस्तो गरिएको देखिन्छ उहाहरु कोहिपनी हुनुहुन्न अहिले चम्पेमा सेवा सुबिधा सम्पन्न ठाउमा सिफ्ट भैइसक्नुभएको छ।

चम्पे बजार बासी बिस्थापित हुन नदिनको लागि गापा अध्यक्ष गजेन्द्र कार्की वडा नम्बर दुइका स्थानिय चम्पेबासी सग के के कुरामा सुधार गरनु पर्ने हो त हामिले भनी वडा अध्यक्ष भुपेन्द्र राना लाई राखी स्थानिय वडाबासीको जनगुनासो सुन्नु भयो।

त्यसपछी विभिन्न कुराको छलफल गरि प्रदेश सरकारबाट बिनियोजन भैइ आएको आर्थिक बर्ष ७६/७७ को अन्तिम बजेट ७० लाख हिले भञ्ज्याङ् चम्पे पन्चेडोबाटो कुडुलेघाटको रोड स्थर उन्नतिको लागी भनी आएको रकम मेन पोइन्ट आउट गरि विशेष गरि गुराँसे भिरलाई तार्गेट गरिएको छ।

हिले भञ्ज्याङ्-कुडुलेघाटसम्मको रोड स्थर उन्नतिको लागि बनेको समितिलाई हौसला दिनुहुदै तपाईहरु राम्रो कामगरनुहोस इमानदारीतापुर्बक काम गरनुहोस मेरो हरपल साथ रहनेछ भन्दै समितिलाई बधाई पनि दिनुभयो।

हामी अहिले सबैकुराले भाग्यमानी छौ भन्दै हाकिम सापतिरा फर्किनु भयो यही ठाउमा जन्मनु भएको प्रशासकीय अधिकृत पाएका छौ बर्तमन प्रशासकीय अधिकृत यादब सापकोटा सम्पुर्ण कुरामा सहियोगी भवाना भएको हुनुहुन्छ आफ्नो जन्मभुमि बिकासको लागि उहाँपनि ज्यानदिएर लागीरहनुभएको छ।

उहाँ एक्छिन पनि न बसि आफ्नो श्रोत साधानले भ्याएसम्म आफै फिल्डमा खटिएर आफ्नो जन्मस्थल सुबिधा सम्पन्न बनाउनु दिनरात खटिरहनु भएको छ भन्दै उहाले प्रशंसा गर्नुभयो अध्यक्ष गजेन्द्र कार्कीले।

सरकारी कर्मचारीहरु धेरै देखेका छौ हाजिर गरेर चिया पिएर दिन कटाएर जाने गर्छन् तर अरुण गापाको प्रशासकीय अधिकृत आफ्नो जन्म स्थलबनाउन रातदिन झरिबादल पनि नभनी खटिरहनुभएको छ।

प्रतिकृया दिनुहोस्

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...