News Portal

खोटाङका विभिन्न चार स्थानमा अस्पताल बन्ने

हिमाली संचार संवाददाता
४५० पटक
२०७७ जेठ २३, शुक्रवार

खोटाङ। खोटाङ जिल्लाका विभिन्न चारवटा गाउपालिकाहरुमा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ, भने जिल्लाका एउटै मात्र रहेको जिल्ला अस्पताल समेत स्तरोन्नति हुने भएको छ।

केपिलासगढी गाउपालिकाको बाक्सिलामा करिब ३ करोड ७० लाख बराबरको अस्पताल, ऐसेलुखर्क गाउपालिकाको ऐसेलुखर्कमा ३ करोड २ लाख बराबरको, हलेसी तुवाचुङ नगरपालिकामा ३ करोड २८ लाख र जन्तेढुङगा गाउपालिका चिसापानीमा ३ करोड २८ लाख बराबरको बजेट विनियोजन भएको  सांसद विशाल भट्टराईले जानकारी दिएका छन् ।

भट्टराईका अनुसार उल्लेखित गाउपालिकाहरुमा आगामी वर्ष पन्ध्र सैयाको अस्पताल निर्माण प्रारम्भ हुने छ भने, बाक़ी पाँचवटा गाउपालिकाहरुमा अर्को बर्ष बजेट विनियोजन हुनेछ । 

त्यसैगरी, दिक्तेलस्थित जिल्ला अस्पताललाई पचास सैयामा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढेको समेत संसद भट्टराईले जानकारी दिएका छन्। सांसद भट्टराई अहिले काठमाडौमा समस्यामा परेका आफ्ना जिल्लाबासीको लागि “हुनेबाट लिने, र नहुनेलाई दिने” कार्यक्रम संचालन गरिरहेका छन् । 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...