News Portal

खोटाङका विभिन्न चार स्थानमा अस्पताल बन्ने

हिमाली संचार संवाददाता
४०९ पटक
२०७७ जेठ २३, शुक्रवार

खोटाङ। खोटाङ जिल्लाका विभिन्न चारवटा गाउपालिकाहरुमा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ, भने जिल्लाका एउटै मात्र रहेको जिल्ला अस्पताल समेत स्तरोन्नति हुने भएको छ।

केपिलासगढी गाउपालिकाको बाक्सिलामा करिब ३ करोड ७० लाख बराबरको अस्पताल, ऐसेलुखर्क गाउपालिकाको ऐसेलुखर्कमा ३ करोड २ लाख बराबरको, हलेसी तुवाचुङ नगरपालिकामा ३ करोड २८ लाख र जन्तेढुङगा गाउपालिका चिसापानीमा ३ करोड २८ लाख बराबरको बजेट विनियोजन भएको  सांसद विशाल भट्टराईले जानकारी दिएका छन् ।

भट्टराईका अनुसार उल्लेखित गाउपालिकाहरुमा आगामी वर्ष पन्ध्र सैयाको अस्पताल निर्माण प्रारम्भ हुने छ भने, बाक़ी पाँचवटा गाउपालिकाहरुमा अर्को बर्ष बजेट विनियोजन हुनेछ । 

त्यसैगरी, दिक्तेलस्थित जिल्ला अस्पताललाई पचास सैयामा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढेको समेत संसद भट्टराईले जानकारी दिएका छन्। सांसद भट्टराई अहिले काठमाडौमा समस्यामा परेका आफ्ना जिल्लाबासीको लागि “हुनेबाट लिने, र नहुनेलाई दिने” कार्यक्रम संचालन गरिरहेका छन् । 

प्रतिकृया दिनुहोस्

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...