News Portal

क्‍वारेन्टाइनमा जातीय विभेद, दलितले पकाएको खाना बहिष्कार

मन्दिरको पुजारी हुँ, दलितले पकाएको खाना खानुपर्छ भने म मर्छु' भनेपछि घिमिरेलाई अर्को क्वारेन्टाइनमा सारिएको छ ।

हिमाली संचार संवाददाता
५६५ पटक
२०७७ जेठ २२,बिहिवार

अर्घाखाँची – अर्घाखाँचीमा दलित युवकले पकाएको खाना कथित माथ्लो जातका केही व्यक्तिले बहिष्कार गरेका छन्। मालारानी गाउँपालिका-४ खन चुँदारटोलको समाजकल्याण प्रावि क्वारेन्टाइनमा यस्तो घटना भएको हो।

वडा कार्यालयमार्फत स्वयंसेवकका रुपमा खटिएका कृष्णबहादुर विकले क्वारेन्टाइनमा खाना पकाउँदै आएका छन्। उनले पकाएको खाना दिल्लीबाट आएका शीत गाउँका दिनेश घिमिरे लगायतले मंगलबार बहिष्कार गरे। त्यसपछि उनीहरुलाई स्थानीय पुरुषोत्तम भुसालले घरबाटै खाना ल्याइदिएका थिए।

‘मैले भरेको पानी खानुभयो तर भात खानुभएन,’ विकले भने, ‘दलितले पकाएको खाएपछि आफूले नराम्रो सपना देख्ने, काँप्ने र बिरामी हुने जवाफ दिएका थिए।’

दलितले पकाएको खाना नखाएपछि घिमिरेलाई कालिका नेपाल राष्ट्रिय माविको क्वारेन्टाइनमा सारिएको वडाध्यक्ष विष्णुप्रसाद पोखरेलले बताएका हुन।

‘दलितले पकाएको भात उपल्लो जातिले खानु या नखानु उसको व्यक्तिगत स्वतन्त्रता हो। तर उनले मन्दिरको पुजारी हुँ, दलितले पकाएको खाना खानुपर्छ भने म मर्छु भनेपछि घिमिरेलाई अन्यत्र सारिएको हो।  वडाध्यक्ष पोखरेलका अनुसार, ‘क्वारेन्टाइनमा राख्दा जातीय रुपमा हेरिएन। सबैलाई एकै ठाउँ राखेका छौं।’

दलित वडा सदस्य लक्ष्मी विकले पुजारी हुँ भन्दै खाना बहिष्कार गरेर दलितमाथि जातीय विभेद गरेको बताइन्। ‘एउटै गाउँका छिमेकीबीच जातीय द्वन्द्व ल्याउने काम भयो,’ उनले भनिन्। यो समाचार आजको कान्तिपुर दैनिकमा वीरेन्द्र केसीले लेखेका छन्। 

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...