News Portal

सामसुङले ल्यायो गुणस्तरीय फोटो खिच्ने प्रविधि ‘ISOCELL GN1’

हिमाली संचार संवाददाता
७७७ पटक
२०७७ जेष्ठ २१, बुधवार

काठमाडौँ – सामसुङले युवा वर्गलाई लक्षित गर्दै द्रुत अटो फोकस तथा गुणस्तरीय तस्बिर खिच्न सजिलो हुने गरी 1.2μm साइज र 50 MP सहितको नयाँ प्रविधि ‘ISOCELL GN1’ प्रविधि सार्वजनिक गरेको छ।

५० मेगापिक्सल इमेजको साइज र १ दशमलब २ म्यु सहितको यस प्रविधि मोबाइल फोटोग्राफीका लागि आकर्षक मानिएको छ। आइएसओसेल जी एन १ सामसुङको पहिलो इमेज सेन्सर हो, जसमा डुएल पिक्सेल र टेट्रासेल प्रविधि हुन्छ।

जसले अँध्यारोमा पनि सहज हुने गरी लाइट सेन्सिटिभिटी प्रदान गरेको हुन्छ। साथै डिएसएलआर स्तरको अटो फोकसको गति यसमा हुन्छ। जुन प्रविधि गतिशील दृश्य खिच्न उपयुक्त र सहज मानिन्छ।

कम्पनीका अधिकारीहरुका अनुसार आइएसओसेल जीएन १ प्रतिकुल वातावरणमा पनि आश्चर्यजनक तस्बिर कैद गर्न सकिने एक नयाँ प्रविधि हो। सामसुङ इलोक्ट्रेनिक्स अन्तर्गत सेन्सर बिजनेस उपाध्यक्ष योंगिन पार्कले समयानुकुल अत्याधुनिक प्रविधिबाट मोबाइल फोटोग्राफी गर्न सकिने प्रविधि भविष्यमा पनि ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।

पछिल्लो आधुनिक समयका युवा पुस्ताको रुची अनुसार जस्तोसुकै परिस्थितिमा आकर्षक र आश्चर्यजनक तस्बिर खिच्नमिल्ने प्रविधिको रुपमा सामसुङले हालै परिचित गराएको आइएसओसेल जी एन १ लाई लिइन्छ। जुन प्रविधिमा उच्चस्तरीय अटो फोकसको सुविधा हुन्छ।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...