News Portal

भारतबाट आएका रंगेली नगरपालिकाका २ जनामा काेराेना संक्रमण

हिमाली संचार संवाददाता
५७६ पटक
२०७७ जेठ २१, बुधबार

रबिन्द्र बराल/मोरङ – रंगेली नगरपालिकाका दुई जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा मोरङको रंगेली नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएकाहरु भारतको नब्बेपुरा भन्ने स्थानबाट आएका थिए। १४ जेठमा आइपुगेका संक्रमित जनता क्याम्पसको क्वारेन्टाइनमा थिए। १५ गते स्वाब संकलन गरी पठाएकोमा बुधबार पोजेटिभ रिपोर्ट आएको नगरपालिकाका प्रमुख मेयर दिलिप बगडियाले बताए।

उनीहरु मध्ये धनपालथान गाउँपालिकाका ५ जना र रतुवामाई नगरपालिकाका ४ जना र रंगेलीका ८ जना थिए। रंगेलीका ८ जना मध्ये २ जनामा संक्रमण पुष्टि भएको र बाँकी ६ को रिपोर्ट नेगेटिभ आएको मेयर वगडियाले बताए।

नगरपालिकामा १०९ जनाको पिसिआर परिक्षण गर्दा पछिल्लो १९ जना मध्ये २ जनामा कोरोना देखिएको हो।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...