News Portal

पीडित ३ बालिकाको सहयोगका लागि प्रदेश सांसद गुलाब जंग शाहको अपिल

हिमाली संचार संवाददाता
१०८३ पटक

सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. ४ सेतोगुँरासमा गत भदौ १२ गते राती परेको अविरल बर्षाका कारण घरको भित्ता भत्किदा दलिन भाँचिएर एउटै परिवारका ५ जनाको ज्यान गएको छ ।

परिवारका ८ जना सदस्यमा ५ जनाको ज्यान गएपछि ३ जना बालिका टुहुरो बनेका छन् । यो समयमा उनिहरुका लागी सहयोग गर्ने बेला आएको भन्दै प्रदेश सांसद गुलाब जंग शाहले आफुले सक्ने सहयोग गर्न सबैलाई अपिल गरेका हुन ।

प्रदेश सरकारको तर्फबाट सासंदद्धय गुलाव जंग शाह र प्रकाश ज्वालाको पहलमा सरकारले पिडीत परिवारलाई १५० हजार सहयोग गरेको छ । यो संगै शाहले बाँकी सहयोगका लागी पनि पहल थालेको बताएका छन् ।

सांसद शाहले सहयोगका लागि गरेको अपिल यस्तो छ :

मेरा आदरनिय सल्यानबासी तथा प्रदेशबासीहरुमा सादर नमस्कार ।

गत भदौ १२ गते राती परेको अविरल बर्षाका कारण सल्यान जिल्ला बागचौर नगरपालिका वडा नं. ४ सेतोगुँरासमा एउटा घर भत्कियो । सोही घरमा बसोबास गर्दै आउनु भएका ८ जनाको परिवार मध्ये ५ जनाको देहान्त हुन पुग्यो । जुन दुखद घटनाबाट ४० वर्षीय रामसिंह कामी, ३५ वर्षकी रामकला कामी र उहाँहरुको छोराछोरीहरु ७ वर्षीय गंगा कामी, ६ वर्षीय प्रमिला कामी र ४ वर्षीय रूपलाल कामीको मृत्यु भयो ।

उक्त घटनाले गाँउ, समाज लगायत मलाई एकदमै विछिप्त बनाएको छ । परिवारका सबै सदस्य गुमाएपछि कलिला उमेरका नानिहरु टुहुरा भएका छन् । न उनिहरुको बस्ने ठेगान छ नत खानपानको व्यवस्था नै । बाँच्न सफल ३ बालिकाहरुमध्ये १३ वर्षीया कमला, १० वर्षीया पुतला र ९ वर्षीया सुनिता रहेका छन ।

उनिहरुको शिक्षा, बसाई व्यवस्थापन, खानपान लगायतका यावत कुराहरु मिलाउन बाँकी नै छ । यस्तो विपदका बेला तपाई हामिले सहानुभुती तथा समबेदना प्रकट गरेर मात्रै पुग्दैन, उनिहरुका लागी तपाइले सक्ने सहयोग गर्नुपर्नेछ । उनिहरुको दिगो रुपमा जिवनयापन सहज बनाउनका लागी केहि आर्थिक फण्टहरु संकलन गरेर उनिहरुका लागी कोष खडा गर्न सकिन्छ । ताकी पछिसम्म जिवन चलाउने बाटो बनोस ।

यसका लागी मैले पनि आफ्नो ठाउँबाट पहल थालेको कुरा जानकारी गराउन चाहान्छु । कृपया जिल्लास्थित स्थानिय तहका सरकारहरु, नागरिक समाज, बुद्धिजिवी, व्यवसायी, शिक्षाप्रेमी तथा आमनागरिकहरुलाई आआफ्नो ठाउँबाट सहयोगका लागी जुट्न म विनम्र अनुरोध गर्न चहान्छु ।

गुलाव जंग शाह
प्रदेश सांसद सल्यान क्षेत्र नं. १, कर्णाली प्रदेश ।

तस्वीर सांसद शाहकै संजालबाट। 

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...