News Portal

  • मकाउमा मैत्रीपूर्ण व्याटमिनटन र बुद्धिचाल प्रतियोगिता (फोटोफिचर/भिडियोसहित)

    हिमाली संचार संवाददाता
    १०४७ पटक
    २०७७ जेठ १८,आइतबार

    मकाउ – नेपाली सहयोगी हातहरु मकाउद्वारा नेपाली समुदायवीच आपसी सद्भाव र भाईचाराका लागि मैत्रीपूर्ण खेल, व्याटमिनटन र बुद्धिचाल प्रतियोगिता सम्पन्न गरेको छ।

    नेपाली हेल्पिङ हेन्डस् मकाउमा रहेका नेपाली समुदायका लागि मकाउमा विगत धेरै लामो समयदेखि व्यावसाय गरेर बसिरहनु भएका समाजसेवी उदय वाग्ले निर्देशक रहेको संस्था हो। त्यस्तै, अर्का समाजसेवी, विभिन्न संघसंस्थामा आवद्ध रहनु भएका सुदर्शन थापा मगरको अध्यक्षतामा गठन भएको सामाजिक संस्था हो। 

    एनएचएच मकाउले पहिलो पटक मकाउमा खेलकूद व्याटमिनटन र बुद्धिचाल आयोजना गरेको हो। व्याटमिनटन र बुद्धिचाल मैत्रीपूर्ण खेल उल्लेख्य सहभागीहरुवीच प्रतिस्पर्धा भएको पुरुष तथा महिला ठुलो सहभागी रहेको थियो।

    बुद्धिचाल तर्फ उत्तम गुरुङले उपाधि हात पारेका छन्। व्याटमिनटन महिला तर्फ कर्मश निर्मला थापा मगर, आन चोङ, दोस्रो सृजना थापा र सोफी वाग्लेले ट्रफि तथा मेडल प्राप्त गरेका थिए। 

    पुरुष तर्फ मनोज लक्साम्बा र चन्द्र गुरुङले उपाधी हात पारेका थिए भने क्रमश प्रज्वल राई र सन्दीप गोदार थापा, राजन अधिकारी र काला मगर साथै राजु गुरुङ र दिनेश अैरे लगायतले ट्रफी मेडल हात पारेका खेलमा सबै भन्दा कान्छा खेलाडी सलोन थापा सहभागी रहेको थियो।

    प्रमुख अतिथिमा मकाउ रेडक्रस सोसाइटीका प्रमुख Mr.Wong, मकाउका प्रतिष्ठित वकिल Dr. Migue, गैरआवासीय नेपाली संघ मकाउका अध्यक्ष पूर्ण बहादुर गुरुङ, प्रवासी मञ्चका पूर्व वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी लगायदका मानुभावहरुको उपस्थित रहेको थियो। विजेता खेलाडीहरुलाई उपस्थित विशिष्ट अतिथि, प्रमुख अतिथि र अतिथिद्वारा ट्रफी प्रदान गरेका थिए।

    नेपाली सहयोगी हातहरु मकाउले नेपाली समुदायवीच स्वास्थ्य सामाग्री माक्स, सेनिटाइजर यस अधि वितरण गरी सकेको छ। यस संस्थाले मकाउमा नेपाली समुदायवीच परेका समस्याको लागि सहयोग गर्ने उद्देश्य समेत रहेको संस्थाको अध्यक्ष सुदर्शन थापा मगरले बताएका छन्।

    आगामी दिनमा अन्य खेलकूदको समेत आयोजना गर्ने जानकारी दिएको छ। कार्यक्रम उत्साह जनक साथै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...