News Portal

मकाउमा मैत्रीपूर्ण व्याटमिनटन र बुद्धिचाल प्रतियोगिता (फोटोफिचर/भिडियोसहित)

हिमाली संचार संवाददाता
१११२ पटक
२०७७ जेठ १८,आइतबार

मकाउ – नेपाली सहयोगी हातहरु मकाउद्वारा नेपाली समुदायवीच आपसी सद्भाव र भाईचाराका लागि मैत्रीपूर्ण खेल, व्याटमिनटन र बुद्धिचाल प्रतियोगिता सम्पन्न गरेको छ।

नेपाली हेल्पिङ हेन्डस् मकाउमा रहेका नेपाली समुदायका लागि मकाउमा विगत धेरै लामो समयदेखि व्यावसाय गरेर बसिरहनु भएका समाजसेवी उदय वाग्ले निर्देशक रहेको संस्था हो। त्यस्तै, अर्का समाजसेवी, विभिन्न संघसंस्थामा आवद्ध रहनु भएका सुदर्शन थापा मगरको अध्यक्षतामा गठन भएको सामाजिक संस्था हो। 

एनएचएच मकाउले पहिलो पटक मकाउमा खेलकूद व्याटमिनटन र बुद्धिचाल आयोजना गरेको हो। व्याटमिनटन र बुद्धिचाल मैत्रीपूर्ण खेल उल्लेख्य सहभागीहरुवीच प्रतिस्पर्धा भएको पुरुष तथा महिला ठुलो सहभागी रहेको थियो।

बुद्धिचाल तर्फ उत्तम गुरुङले उपाधि हात पारेका छन्। व्याटमिनटन महिला तर्फ कर्मश निर्मला थापा मगर, आन चोङ, दोस्रो सृजना थापा र सोफी वाग्लेले ट्रफि तथा मेडल प्राप्त गरेका थिए। 

पुरुष तर्फ मनोज लक्साम्बा र चन्द्र गुरुङले उपाधी हात पारेका थिए भने क्रमश प्रज्वल राई र सन्दीप गोदार थापा, राजन अधिकारी र काला मगर साथै राजु गुरुङ र दिनेश अैरे लगायतले ट्रफी मेडल हात पारेका खेलमा सबै भन्दा कान्छा खेलाडी सलोन थापा सहभागी रहेको थियो।

प्रमुख अतिथिमा मकाउ रेडक्रस सोसाइटीका प्रमुख Mr.Wong, मकाउका प्रतिष्ठित वकिल Dr. Migue, गैरआवासीय नेपाली संघ मकाउका अध्यक्ष पूर्ण बहादुर गुरुङ, प्रवासी मञ्चका पूर्व वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी लगायदका मानुभावहरुको उपस्थित रहेको थियो। विजेता खेलाडीहरुलाई उपस्थित विशिष्ट अतिथि, प्रमुख अतिथि र अतिथिद्वारा ट्रफी प्रदान गरेका थिए।

नेपाली सहयोगी हातहरु मकाउले नेपाली समुदायवीच स्वास्थ्य सामाग्री माक्स, सेनिटाइजर यस अधि वितरण गरी सकेको छ। यस संस्थाले मकाउमा नेपाली समुदायवीच परेका समस्याको लागि सहयोग गर्ने उद्देश्य समेत रहेको संस्थाको अध्यक्ष सुदर्शन थापा मगरले बताएका छन्।

आगामी दिनमा अन्य खेलकूदको समेत आयोजना गर्ने जानकारी दिएको छ। कार्यक्रम उत्साह जनक साथै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...