News Portal

कपिलवस्तुमा ७ महिने गर्भवती महिलाको बलात्कार

हिमाली संचार संवाददाता
५८४ पटक

कपिलवस्तु – विजयनगर गाउँपालिका-७ परसोहियामा ७ महिनाकी गर्भवती महिलाको बलात्कार भएको छ । घटनामा संलग्न भएको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

विजयनगर गाउँपालिका ७, परसौयाकी ३८ वर्षीया बोल्न नसक्ने ७ महिनाको गर्भवती महिलाको बलात्कार भएको हो ।

यही १२ भदौ राति आफू घर नभएको समयमा स्थानीय तीन जनाको समूहले बलात्कार गरेको भन्दै पीडितका श्रीमानले बुधबार प्रहरीमा किटानी जाहेरी दिएका थिए । ४० वर्षीय प्रह्लाद केवट र ४२ वर्षकी वर्षाती केवटको सहयोगमा २८ वर्षीय बकन्चु केवटले बलात्कार गरेको जाहेरीमा उल्लेख थियो ,

इलाका प्रहरी कार्यलय गणेशपुरमा प्रहरी निरिक्षक नविन पौडेलको टोलीले वर्षाती केवटलाई बुधबार नै पक्राउ गरेको थियो ।

प्रह्लाद भोलिपल्ट पक्राउ परे । मुख्य आरोपी बकन्चु केवट भने फरार भएका थिए । उनलाई आइतबार मात्र कपिलवस्तु कृष्णनगर नगरपालिका २ यात्रुगेटमा लुकेर बसको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको बहादुरगञ्जस्थित शवराज अस्पतालमा उपचार गरिएको र उनको अवस्था सामान्य छ ।

अभियुक्तहरूलार्इ ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...