News Portal

  • रिस फेर्न साथीसँग मिलेर भिनाजुको हत्या

    हरि अधिकारी
    १२६७ पटक
    २०७७ जेठ १७, शनिबार

    विराटनगर – पुरानो रिसका कारण नाताले भिनाजु पर्ने कमल राईको हत्या गरेको आरोपमा सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सुनसरीको बराह क्षेत्र नगरपालिका– ३ का कमल राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले नाताले सालो पर्ने बराह क्षेत्र ३ इक्राहीका २२ वर्षीय गणेश लिम्बु र गणेशका साथी १९ वर्षीय प्रदीप राजधामीलाई पक्राउ गरेको हो।

    शुक्रबार बराह क्षेत्र नगरपालिका– ३ इक्राही जमुनाकित्ता स्थित प्लटिङ जग्गाको बाटोमा ३७ वर्षीय कमलको शव भेटिएको थियो। शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए।

    प्रहरीका अनुसार कमल झापाको दमकमा बस्दै आएका थिए। तर फागुनयता उनी सुनसरी बराह क्षेत्र नगरपालिका–३ ससुराली घरमा बस्दै आएका थिए।

    प्रहरीले हत्याको कारण पुरानो रिसिबी रहेको बताएको छ। गत फागुनमा कमलले गणेशलाई सामान्य विवादमा कुटपिट गरेका थिए। कुटपिटपछि उनीहरुको झगडा मिलेको थियो।

    तर बिहीबार राति एक्लै देखेपछि गणेशले मदिरा सेवन गराई एकान्तमा लगेर साथीको सहयोगमा हत्या गरेको प्रहरीले बताएको छ।

    विवाद भएको पाँच महिनापछि हत्या !

    प्रहरीका अनुसार गत फागुनमा कमल राई र गणेश लिम्बुबीच एकआपसमा झगडा हुँदा कमल राईले गणेशलाई कुटपिट गरेका थिए। घटनाको केही समयपछि विवाद मिलेको थियो।

    बिहीबार साँझको समयमा कमल राई मादक पदार्थ सेवन गरी घर आउँदै गरेको अवस्थामा बराहक्षेत्र–३ नडाहामा गणेश राईले भेटेका थिए।

    भेटपछि उनले कमल राईलाई फकाउँदै पुनः पसलमा लगेर मादक पदार्थ सेवन गराएका थिए। गणेशसँग प्रदीप राजधामी पनि थिए।

    मापसेपछि निस्कीएका उनीहरुले राति ८ बजे एकान्त स्थान इक्राही टोलको जामुना कित्ता प्लटिङमा पुर्‍याएर कुटपिट गरे।

    पूर्वयोजनाका साथ मदिरा सेवन गराएका लिम्बुले साथमा असारे जातको २ वटा लठ्ठी लिएर गएका थिए। लट्ठीले कमलको टाउकोमा प्रहार गरे।

    पटकपटक लठ्ठी प्रहारबाट उनको घटनास्थलमै ज्यान गयो। मृत्यु पश्चात लठ्ठी घटना स्थलमै छाडेर उनीहरु घरतर्फ लागेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

    काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो...

    गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

    काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा...

    देशभरका कारागारबाट भागेका मध्ये १ हजार ४५५ कैदी पक्राउ,१२ हजार ८५२ अझै फरार

    काठमाडौं, भदौ २६ – जेनजी आन्दोलन तीव्र बनेपछि देशभरका कारागारमा भएको तोडफोड र आगजनीका घटनापछि...

    प्रचण्डको प्रश्न : समान मुद्दा उठाउँदा पनि आगजनी किन ?

    काठमाडौं, भदौ २६ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलन र माओवादीको...

    आज २०८२ साल भदौ २६ गतेको राशिफल

    आज भदौ २६, २०८२ (सेप्टेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...