News Portal

डाक्टर शेरबहादुर पुनको विवादको योजनकारको आरोपित स्वास्थ्य सचिव कोइराला प्रधानमन्त्री कार्यालय तानिए

हिमाली संचार संवाददाता
५६९ पटक
२०७७ जेठ १५, बिहीबार

काठमाडौं – सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको सरूवा गरेको छ। नयाँ स्वास्थ्य सचिवका रूपमा लक्ष्मण अर्याललाई पठाइएको छ भने यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

कोइराला स्वास्थ्य सचिव नियुक्त भएको तीन महिना पुगेको छैन। गत १८ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई स्वास्थ्य सचिवमा सरूवा गरेको थियो तर स्वास्थ्यमा आएदेखि विवादमा तानिएका थिए। डाक्टरहरुलाई गाली गरेको भन्दै उनको आलोचना समेत भएको थियो।

डाक्टर शेरबहादुर पुनको विवादको योजनकार उनी नै भएको आरोप लागेको थियो। स्वास्थ्य मन्त्रालयको कर्मचारीहरुसँग पटक-पटक विवाद भएकाले कोरोना नियन्त्रणमा समन्वय हुन सकेको थिएन। अर्याल भने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत थिए। अनलाइनखबरबाट

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...