News Portal

  • डडेल्धुरामा युवती हत्याको आशंकामा प्रहरी जवान नियन्त्रणमा

    धनबहादुर भण्डारी
    ४७२ पटक
    २०७७ जेठ १५, बिहीबार

    डडेल्धुरा : डडेल्धुरा सदरमुकाम नजिकै रहेको रातो गुरास रिसोर्टको एक कोठामा मृत अवस्थामा फेला परेकी युवतीको हत्या आशकांमा डडेल्धुरामा कार्यरत प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ। डडेल्धुराको अमरगढी नगरपालिका ७ सल्लागाउँ घर भएकी २१ वर्षीया निर्मला बोहरा बुधबार बिहान रिसोर्टमा मृत अवस्थामा फेला परेकी थिइन्।

    उनको हत्या भएको घरपरिवारको दावी छ।उनीसँगै रिसोर्ट पुगेका अजयमेरु २ को चमडा प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अनुसन्धानका लागि नियन्त्रमा लिएको हो। मृतक युवतीको हत्यामा संलग्न भएको आशंका गरिएका प्रहरी जवान रामदिन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    मृतक युवतीसँगै रिसोर्टमा बसेका प्रहरी जवानलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ। प्रहरी जवानले सरकारी रातो रङको मोटोरसाइकल प्रयोग गरेका थिए। मृतकको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको प्रहरी निरीक्षक विरेन्द्र बोहराले जानकारी दिए।

    उनी होटेलको बाथरुममा कपडा झुण्ड्याउने मसिनो ह्याङ्गरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। मृतक बोहराका आफन्तले भने बोहराले आत्महत्या नगरेको भएर हत्या गरिएको आरोप लगाएका छन्।

    मृतक युवतीका आफन्त खडक बोहराले घटनाको प्रकृति हेर्दा आत्महत्या नभएर हत्या गरेको जनाए।जिल्लाको अजयमेरुस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामदिन चौधरीले मंगलबार मृतक युवतीलाई फोन गरेर बेलुका बोलाएको आफन्त खडकले बताए।

    रिसोर्टमा बुधबार बिहान आएको भए पनि मृत भेटिएकी युवती मंगलबार साँझ नै घरबाट चौधरीसँग बिहे गर्ने भनेर भागेको आफन्तको भनाइ छ। मृतकका आफन्तले प्रहरी जवान चौधरीको नाममा ज्यान उद्योगमा मुद्दा दर्ता गर्ने बताएका छन्।

    बुधबार बिहान ७ बजेतिर रातो गुँरास रिसोर्टमा आएकी निर्मला दिउँसो मृत अवस्थामा भेटिएकी थिइन्। उनले आफ्नो नाममा कोठा बुक गरेको खुल्न आएपनि उनी पुगेको केही समयमा एक केटा पनि कोठामा गएको रिसोर्टमा कार्यरत कर्मचारीले बताए। रिसोर्टमा आएर ती युवतीले मलाई फ्रेस हुनुछ मेरो मान्छे आइरहेकाले केही समय अराम गरी चमडा जाने भन्दै कोठा मागेको रिसोर्टका म्यानेजर विष्णु भट्टले जानकारी दिए।

    मृतक बोहरा प्रायजसो रिसोर्टमा आइरहने भएकाले चिनजान भएकै कारणले कोठा दिएको रिसोर्टले जनायो। निर्मलाले आफ्नै नाममा कोठा बुक गरेको देखिन्छ। उनी गएको १५ मिनेटपछि १ युवक सरकारी बाइकमा रिसोर्ट पुगि उनको कोठामा पसेको रिसोर्टका कामदारको भनाइ छ।

    युवक रिसोर्टमा आएपछि रिसोर्टका म्यानेजर विष्णु भट्टले बोहरालाई को हो ? भनेर सोध्दा मेरो ब्वाइफ्रेन्ड हो, म उसँग आज बिहे गर्छु भनेर निर्मलाले जवाफ दिएको बताए। करिब १२ बजेतिर खानाको अडर गर्न जाँदा कोठा खुल्ला रहेको र बाथरुममा युवती मृत अवस्थामा फेला परेकी थिइन्। उनीसँगैभित्र पसेका युवक भने कोठामा थिएनन्।

    निर्मला कोठामै रहेको बाथरूममा पानी तताउन प्रयोग हुने मल्टीप्लगको तारले लुगा राख्ने ह्याङगरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। रिसोर्टका कर्मचारीले उनलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए। निर्मला घरबाट आफ्ना सबै लुगा लिएर मंगलबार नै निस्केकी उनको घरपरिवारले बताएको छ।

    नियन्त्रणमा लिएका प्रहरी चौधरी युवतीको आमासँग पनि फोनमा कुराकानी गर्ने गरेको खुल्न आएको छ। डडेल्धुराका प्रहरी नाबय उपरीक्षक दधिराम न्यौपानेले मृतक युवतीको हत्यामा संलग्न जोकोही भए पनि कारवाही गरिने बताए। ‘घटनास्थलबाट मुचुल्का उठाएर ल्याइसकेका छौँ। अब शव पोष्टमार्टमपछि मात्रै घटनाबारे थाहा हुन्छ, ‘डिएसपी न्यौपानेले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोकतन्त्रको आवरणमा छुपेका तानाशाहहरु – कमला थापा

    २०८२ असार ३० गते। विश्वका ईतिहासमा १७ औं शताब्दीदेखि १९औं शताब्दीको मध्यसम्म विश्वभरी अति क्रुददेखी...

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...

    रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष...