News Portal

कलाकारको नक्कली अश्लील भिडियोविरुद्ध प्रहरीमा उजुरी

हिमाली संचार संवाददाता
५७९ पटक
२०७७ जेठ १५, बिहीबार

काठमाडौँ – नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेका कलाकारहरूको नक्कली अश्लील भिडियो र फोटो तयार गरेर इन्टरनेटमा राख्न सक्रिय भएकाविरुद्ध प्रहरीमा उजुरी परेको छ। लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयलाई अभिव्यक्ति दिएका कलाकारहरूले भारतविरुद्ध उत्रिएको भन्दै अभिनेत्री आँचल शर्माको टाउको जोडेर तयार गरिएको नक्कली अश्लील भिडियो ‘इन्डियन स्पाइडर स्क्वाड’ समूहले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। सो भिडियो हेरेर उनी आत्तिइन्।

अभिनेत्री शर्माले सामाजिक सञ्जाल फेसवुकमा अश्लील भिडियो बनाएर चरित्र हत्या गर्न खोजेको भन्दै पोस्ट लेखेर अनावश्यक मानसिक तनाव दिने कार्यप्रति एकजुट हुन आग्रह समेत गरिन्। ‘आफ्नो देश र राष्ट्रिय एकताको विषयमा आवाज निकाल्दा हामी नेपालीले यस्तो सहनुपर्ने ?,’ उनले लेखेकी थिइन्, ‘यस्ता अश्लील भिडियो बनाएर हाम्रो चरित्र हत्या गर्ने र मानसिक तनाव दिने कार्य गर्ने विरुद्ध एक भएर अघि बढ्न जरुरी छ।’

‘इन्डियन स्पाइडर स्क्वाड’ समूहले सोही प्रकारको नक्कली अश्लिल भिडियो अन्य १२ जना नेपाली कलाकारहरू समेत सार्वजनिक हुन लागेको जानकारी गराएको थियो। ‘अरू कलाकारहरूको पनि यस्तै भिडियो चाँडै लिक हुँदैछ,’ इन्डियन स्पाइडर स्क्वाड समूहले पोस्ट गरेको थियो, ‘हामी १२ जना नेपाली कलाकारहरूको डिभाइसभित्र छिरिसकेका छौं।

कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको हो। तिमीहरू बाँच्न चाहन्छौं भने कोभिड–१९ सँग लड। भारतसँग होइन।’ उनको पोस्टले फिल्म क्षेत्रमा तरंग ल्याएसँगै चलचित्र कलाकार संघले यस विरुद्ध उजुरी दिएका थिए। मंगलबार कलाकार संघका अक्ष्यक्ष रवीन्द्र खड्काको टोलीले यस विरुद्ध महानगरीय अपराध अनुसन्धान महाशाखामा दिएको थियो।

‘प्रविधिको दुरुपयोग गरेर कलाकारको चरित्र हत्या गर्ने कार्य नेपाल वा बाहिरबाट भएको भन्ने कुराको अनुसन्धान गरिने प्रहरीले प्रतिवद्धता जनाएको छ,’ संघका अध्यक्ष खड्काले भने, ‘सीमा विवादको विषयमा नेपालको पक्ष लिएका कलाकारहरूविरुद्ध भइरहेका यस्ता गतिविधि रोक्न र पीडितलाई न्यायको मागसहित उजुरी दिएका हौं।’

महाशाखाका एसपी होविन्द्र बोगटीले नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेका कलाकारहरूको नक्कली अश्लील भिडियो र फोटो तयार गरेर इन्टरनेटमा राखिएको विषयमा अनुसन्धान सुरू भइसकेका जानकारी गराएका थिए।

‘कलाकारको नक्कली अश्लील भिडियो र फोटो इन्टरनेटमा हालेर चरित्र हत्या गर्न खोजिएको सम्बन्धमा उजुरी परेलगत्तै अनुसन्धमान सुरू भइसकेको छ,’ उनले भने, ‘यस्ता कार्य नेपालभित्र वा बाहिरबाट भइरहेको छ भन्नेबारेमा थाहा हुनु जरुरी छ।’

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...