News Portal

कपिलवस्तुको महाराजगञ्जमा किशोरी बलात्कृत

हिमाली संचार संवाददाता
३५६ पटक
२०७७ जेठ १४ बुधबार

कपिलवस्तु -कपिलवस्तुको महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरी बलात्कृत भएकी छिन् । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहारले ती किशाेरीलाई बलात्कार गरेको आरोप लगाउँदै परिवारले प्रहरीमा उजूरी दिएको छ ।

नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक समेत रहेका लोहारले गएराति किशोरीलाई जर्बजस्ती घरको पछाडि पु-याई सो हर्कत गरेको आरोप लगाइएको छ ।

राति परिवारले किशोरीलाई बेहोशावस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थियो । घटनापछि फरार अभियुक्त  लोहारको खोजी भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए । पीडितको शिवराज अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...