News Portal

सशस्त्र प्रहरी बलको शमशेरगन्जस्थित गणबाट आएको टोलीले खोजी कार्य सुरु

हिमाली संचार संवाददाता
४६९ पटक
२०७७ जेठ १४ बुधबार

जाजरकोट — रुकुम पश्चिमको सोती घटनामा बेपत्ता भएका युवालाई खोज्न गोताखोरको टोली घटनास्थल पुगेको छ । सशस्त्र प्रहरी बलको शमशेरगन्जस्थित गणबाट आएको टोलीले खोजी कार्य सुरु गरेको छ ।

गोताखोर टोलीका प्रमुख सशस्त्र प्रहरी बलका असई रमेश थापाका अनुसार गणबाट आएका ८ जना र अन्य स्थानीय सुरक्षाकर्मीको सहयोगमा खोजी सुरु गरिएको छ ।

 

शनिबार भएको घटनामा ३ जनाको शब नदी किनारमा भेटिएको छ भने तीनजना बेपत्ता छन् । भेरी नगरपालिका–४ का नवराज विकसहित सोही ठाउँका गणेश बुढा र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव फेला परेको प्रहरीले जनाएको छ । जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठका अनुसार भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं. ४ का सन्दीप विक बेपत्ता छन् ।

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...