News Portal

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु, कोरोना परीक्षण हुने

हिमाली संचार संवाददाता
५१६ पटक
२०७७ जेठ १४, बुधवार

कैलाली । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए । ५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा उपचार गर्ने लैजाने क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र पौडेलका अनुसार गएराति करिब १२ बजे उनको ज्यान गएको थियो । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षण गर्ने अस्पतालले जनाएको छ ।

‘शवको पोष्टमार्टम हुन्छ त्यसपछि स्वाब संकलन गर्छौं’ अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले जनकारी दिएका छन् । रासस 

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...