News Portal

जाजरकोटमा माटोको ढिस्कोले थिच्दा दम्पतीको मृत्यु

हिमाली संचार संवाददाता
६५१ पटक
२०७७ जेठ १४,बुधबार

जाजरकोट – स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ।

मृतक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान भेरी नगरपालिका–१ को रावतगाउँमा मृत्यु भएको स्थानीयवासी नवराज सिंहले जानकारी दिए।

सिंह दम्पतीसहित खिरखिरेस्थित बालुवा निकालिरहेका सोही गाउँका कमला सिंह, तारा सिंह, लक्ष्मी सिंह र तारा सिंहको अहिले नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमास्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। समयमा उपचार नपाउँदा एकराजको मृत्यु भएको पीडितको भनाइ छ। रासस

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...