News Portal

सुर्खेतमा भारतबाट आएका थप १२ जनामा कोरोना संक्रमण

हिमाली संचार संवाददाता
७१९ पटक
२०७७ जेठ १३, मंगलबार

सुर्खेत – सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई/दुईजना पुरुषमा कोरोना पुष्टि भएको हो।

वीरेन्द्ररनगर नगरपालिका-१ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष, वडानम्बर ३ मा ४६ वर्षका पुरुष र वडानम्बर ६ मा २६ वर्षका युवकमा कोरोना पुष्टि भएको छ।

यस्तै पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका-८ मा १६ र १७ वर्षीय दुईजना पुरुष र सिम्ता गाउँपालिका-४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

योसँगै सुर्खेतमा संक्रमितको संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ। यसअघि दैलेखमा ८ र सुर्खेतका ३ जनामा कोरोना पुष्टि भएको थियो। उनीहरु भारतबाट आएका हुन्।

नयाँ पुष्टि भएका सुर्खेतका संक्रमित पनि भारतबाट आएका हुन्। उनीहरुलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा लैजाने तयारी गरिएको छ।

प्रतिकृया दिनुहोस्

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४४ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...