News Portal

अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्ष बिच युद्धविराम

हिमाली संचार संवाददाता
५११ पटक
२०७७ जेठ १२ सोमबार

काबुल – अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीनदिने युद्धविरामको घोषणा गरेका छन्। मुस्लिम धर्मावलम्बीहरुको महत्त्वपूर्ण चाड रमजानका अवसरमा युद्धविरामको घोषणा गरिएको दुवै पक्षले जनाएका छन्। आइतबारदेखि लागू हुने गरी शनिबार राति अबेर दुवै पक्षले युद्धविराम घोषणा गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

तालिवान विद्रोहीले युद्धविरामको अवधिमा आफ्नो पक्षबाट कुनै पनि हिंसात्मक घटना नहुने बताएको छ। अफगानिस्तानमा विभिन्न विद्रोही समूह र सरकारी पक्षबीच लामो समयदेखि द्वन्द्व चल्दै आएको छ। द्वन्द्वका कारण हजारौंको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन्।

यसैबीच, संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा युद्धविराम गर्ने निर्णयको स्वागत गरेको छ। महासचिव एन्टोनियो गुटेरेसले यसअघि भएको शान्तिसम्झौतालाई पूर्णरूपमा पालना गर्न पनि आह्वान गरेका छन्। उनले हाल घोषित युद्धविरामलाई निरन्तरता दिँदै शान्तिप्रक्रिया अघि बढाउनुपर्ने जनाएका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...