News Portal

  • अन्तर्जातीय बिहेको किचलोमा दुई जनाको मृत्यु

    हिमाली संचार संवाददाता
    ४०० पटक
    २०७७ जेठ ११ आइतबार

    रुकुम – कथित तल्लो जातका युवा माथिल्लो जातकी युवती लिन आएको भनेर स्थानीयले लखेट्दा रुकुम चौरहजारीमा दुई युवाले ज्यान गुमाएका छन् । जाजरकोटको भेरी नगरपालिका–४ बाट आफ्ना १९ जना साथीसहित प्रेमिका भगाउन शनिबार राति रुकुम पश्चिमको चौरहजारी नगरपालिका–८ सोती गाउँ पुगेका २१ वर्षिय नवराज विकले ज्यान गुमाएका हुन् ।

    चौरहजारीका युवा टिकाराम सुनारले पनि ज्यान गुमाए । नवराजको आइतबार बिहान र टिकारामको साँझ शव फेला परेको हो । उनीहरूको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुईजनाको चौरजहारी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

    मृतकका आफन्तले भने रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीका स्थानीयले लखेटेर भेरीमा बगाइदिएर हत्या गरेको बताएका छन् । नवराजको सोती गाउँकी मल्ल थरकी १७ वर्षीया एक किशोरीसँग प्रेमसम्बन्ध रहेको र बिहेका लागि सोती आएका बेला स्थानीयले लखेटेर हत्या गरेको दाबी मृतकका आफन्तको छ । उनी शनिबार अरू १८ जना साथी लिएर जाजरकोटबाट चौरजहारी नगरपालिकाको सोती आएका थिए । जातीय विभेदका कारण स्थानीयले युवाहरूलाई लखेटेको आरोप मृतकका आफन्तहरूले लगाएका छन् ।

    जाजरकोटका १९ जना युवा सोती पुगेपछि किचलो सुरु भएको रुकुम पश्चिम प्रहरीले बताएको छ । केही जाजरकोटतिर फर्किएका र बाँकी १२ जनालाई हिरासतमा राखिएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । ४ जना सम्पर्कविहीन छन् । केही महिनाअघि पनि नवराज आफ्ना केही साथीसहित तिनै किशोरीसित बिहे गर्न भन्दै सोती आएका थिए । त्यतिबेला पनि इलाका प्रहरी कार्यालयमा ल्याएर उमेर पुगेपछि बिहे गर्ने सर्तमा घर पठाइएको प्रहरीले बताएको छ ।

    नवराजको सोतीकी १९ वर्षीया मल्ल थरकी किशोरीसँग प्रेम सम्बन्ध रहेको र उनकै आग्रहमा भगाउनलाई आफूहरु गएको त्यो टोलीका एक घाइते आशिष विकले प्रहरीलाई बताएका छन् । ‘तर, हामीहरुको केटीसँग भेट हुन नपाउँदै केटीकी आमाले चिच्याएर गाउँलेलाई बोलाइन्,’घाइते आशिषले प्रहरी बयानमा भनेका छन्, ‘त्यसपछि त ढुंगैढुंगाले खेदेर भेरीमा धपाए ।’नदीमा पसेपछि पनि ढुंगाले हानेको उनले बताएका छन् ।

    शनिबार साँझ करिब ८ बजे उनीहरु गाउँमा पुगेपछि तनाव भएको घाइते आशिष बिकले बताए । ‘तल्लो जातको केटाले माथिल्लो जातकी केटी लिन आयो भन्दै लखेटेका हुन्,’उनले भने, ‘जातभातको कारण आज यस्तो हालत भयो ।’

    सोतीका स्थानीयले भने उक्त आरोप गलत भएको बताएका छन् । सोतीमै घर भएका चौरजहारी–८ का वडाध्यक्ष डम्मरबहादुर मल्लले जातीय भेवभावका कारण घटना नभएको दाबी गरे । ‘अहिले एक टोलबाट अर्को टोलमा जान मनाही छ,’ उनले भने, ‘तर एकैसाथ धेरै मान्छेहरू आएको थाहा पाएपछि गाउँलेले सोधपुछ गर्ने क्रममा भागभाग भएको भन्ने सुनेपछि क्वारेन्टाइन व्यवस्थापनमा खटिएको म पनि त्यहाँ पुगेको हुँ ।’

    कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी बसन्त पन्तले घटना गम्भीर भएको बताउँदै दवाव र प्रभावमा नपरी अनुसन्धान गर्न दुईटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको बताएका छन् । हाल कालीकोटमा रहेका उनले भने, ‘विवाहको विषयलाई लिएर घटना भएको सुन्नमा आएको छ, यसबारे थप अनुसन्धानपछि थाहा होला ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

    काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो...

    गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

    काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा...

    देशभरका कारागारबाट भागेका मध्ये १ हजार ४५५ कैदी पक्राउ,१२ हजार ८५२ अझै फरार

    काठमाडौं, भदौ २६ – जेनजी आन्दोलन तीव्र बनेपछि देशभरका कारागारमा भएको तोडफोड र आगजनीका घटनापछि...

    प्रचण्डको प्रश्न : समान मुद्दा उठाउँदा पनि आगजनी किन ?

    काठमाडौं, भदौ २६ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलन र माओवादीको...

    आज २०८२ साल भदौ २६ गतेको राशिफल

    आज भदौ २६, २०८२ (सेप्टेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...