News Portal

प्रेम कटवालको गीत भारतबिरूद्धको खबरदारी “हाम्रो भूमि फिर्ता गर” सार्वजनिक (भिडियोसहित)

हिमाली संचार संवाददाता
१३४० पटक
२०२० मे २४, आइतबार

कुवेत – सबै नेपालीहरुले विभिन्न माध्यमबाट बिरोध गर्ने क्रममा कलाकारहरूले पनि गीतसंगीतको माध्यामबाट घोर बिरोध गरिरहेका छन। नेपाली भुमिमा भारतले सडक निर्माण गरेसंगै भारतबिरूद्ध गायक तथा सर्जक प्रेम कटवालले देशभक्ति गीत “हाम्रो भुमि फिर्ता गर” हालै मात्रै सार्वजनिक गरेका छन्।

यस गीतमा गायक नेत्र भण्डारी, कृष्ण केसी, मिना लामा र सिता केसीले स्वर भरेका छन् भने गायक तथा सर्जक कटवालको उत्कृष्ट शब्द सिर्जनामा रहेको छ। उक्त गीतमा नेत्र भण्डारी र कृष्ण केसीले लय भरेका छन।

सो गीतको म्युजिक भिडियोमा चर्चित कलाकारहरूको अभिनय रहेको छ। हाम्रो पहिचानसहित स्वाभिमान बोकेका नेपालीहरुका लागि नक्सामा भएको जमीन फिर्ता गर्न एक जुट हुन जरुरी रहेको छ। भारतले नेपालको स्वीकृति बिनै भुमि मिचेर बाटो बनाएपछि बिश्वमा रहेका अधिकांश नेपालीले आ-आफ्नै तवरले विरोध गरिरहेका छन्।

भिडियो हेर्न यहा तल क्लिक गर्नुहोस:

 

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...