News Portal

मिनेन्द्र रिजालको अन्तर्वार्ता लिएका इन्डियन पत्रकारबिरुद्द मुद्दा

हिमाली संचार संवाददाता
३८० पटक
२०७७ जेठ ११, आइतबार

काठमाडौ । नेपाल सरकारले जारी गरेको राजनैतिक नक्साबारे नेपाली काग्रेस नेता डा. मिनेन्द्र रिजालसँग केही दिन अगाडी अन्तरवार्ता लिएका इन्डियन पत्रकार अर्बन गोस्वामी बिरुद्द मुद्दा चल्ने भएको छ ।

उनले संचालन गरेका टेलिभिजन कार्यक्रमका व्यानरमा समेत चीनले नेपाललाई प्रयोग गर्यो भनेर देखाएका थिए। नेपालले चिनको इसारामा लिम्पियाधुरा सहितको राजनैतिक नक्सा निकालेको भन्दै आक्रमक रुपमा प्रस्तुत भएका पत्रकार गोस्वामीलाई भारतमा साम्प्रदायिक सद्भाव भड्काएको आरोपमा अदालतले स्थानीय प्रहरीलाई मुद्दा चलाउन आदेश दिएको हो ।

उनले मुम्बई सुकुम्बासीबिरुद्ध टेलिभिजन कार्यक्रम मार्फत प्रयोग गरेका तल्लो स्तरको भाषालाई लिएर प्रहरीले मुद्दा दर्ता गर्ने तयारी गरेको थियो । प्रहरीले आफूलाई समात्ने देखेपछि गोस्वामीले मुद्दा खारेजीको मागसहित दिल्लीस्थित सर्वोच्च अदालत पुगेका थिए । तर अदालतले लकडाउनको अवधिमा भिडियो कन्फ्रेन्स बिधिमार्फत गोस्वामीको अपिल खारेज गरेको थियो ।

उनले भारतमा मुस्लिम समुदायको मानहानी हुने गरी कार्यक्रम संचालन गरेको आरोप सहित मुम्बई प्रहरीले दर्ता गर्न लागेको मुद्दा रोकि पाउँ भनी दायर गरिएको उनको अपिल सर्वोच्च अदालतबाट गत मंगलबार खारेज भएको थियो । अदालतले उक्त अपिल खारेज गरेसँगै महाराष्ट्र प्रहरीलाई अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

न्यायाधीश डी.आई. चन्द्रचुड र एम.आर. शाहको संयुक्त इजलासले ‘प्रेस स्वतन्त्रता भनेको जथाभावी बोल्न र लेख्न होइन’ भन्दै ५६ पृष्ठ लामो फैसला सुनाएको थियो । अदालतमा उनीबिरुद्ध १४ अलग अलग ठाउँबाट परेका उजुरीलाई खारेज गर्दै सबैलाई एउटै प्याकेजमा राखेर अनुसन्धान अघि बढाउन (मुद्दा चलाउन) प्रहरीलाई आदेश दिएको छ ।

उनले चलाएको रिपब्लिक टिभी भारतीय जनता पार्टी निकट टेलिभिजन मानिन्छ । उनी उक्त टेलिभिजनका मालिक र प्रधान सम्पादक समेत हुन् ।

प्रतिकृया दिनुहोस्

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४४ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...