News Portal

मिनेन्द्र रिजालको अन्तर्वार्ता लिएका इन्डियन पत्रकारबिरुद्द मुद्दा

हिमाली संचार संवाददाता
४२२ पटक
२०७७ जेठ ११, आइतबार

काठमाडौ । नेपाल सरकारले जारी गरेको राजनैतिक नक्साबारे नेपाली काग्रेस नेता डा. मिनेन्द्र रिजालसँग केही दिन अगाडी अन्तरवार्ता लिएका इन्डियन पत्रकार अर्बन गोस्वामी बिरुद्द मुद्दा चल्ने भएको छ ।

उनले संचालन गरेका टेलिभिजन कार्यक्रमका व्यानरमा समेत चीनले नेपाललाई प्रयोग गर्यो भनेर देखाएका थिए। नेपालले चिनको इसारामा लिम्पियाधुरा सहितको राजनैतिक नक्सा निकालेको भन्दै आक्रमक रुपमा प्रस्तुत भएका पत्रकार गोस्वामीलाई भारतमा साम्प्रदायिक सद्भाव भड्काएको आरोपमा अदालतले स्थानीय प्रहरीलाई मुद्दा चलाउन आदेश दिएको हो ।

उनले मुम्बई सुकुम्बासीबिरुद्ध टेलिभिजन कार्यक्रम मार्फत प्रयोग गरेका तल्लो स्तरको भाषालाई लिएर प्रहरीले मुद्दा दर्ता गर्ने तयारी गरेको थियो । प्रहरीले आफूलाई समात्ने देखेपछि गोस्वामीले मुद्दा खारेजीको मागसहित दिल्लीस्थित सर्वोच्च अदालत पुगेका थिए । तर अदालतले लकडाउनको अवधिमा भिडियो कन्फ्रेन्स बिधिमार्फत गोस्वामीको अपिल खारेज गरेको थियो ।

उनले भारतमा मुस्लिम समुदायको मानहानी हुने गरी कार्यक्रम संचालन गरेको आरोप सहित मुम्बई प्रहरीले दर्ता गर्न लागेको मुद्दा रोकि पाउँ भनी दायर गरिएको उनको अपिल सर्वोच्च अदालतबाट गत मंगलबार खारेज भएको थियो । अदालतले उक्त अपिल खारेज गरेसँगै महाराष्ट्र प्रहरीलाई अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

न्यायाधीश डी.आई. चन्द्रचुड र एम.आर. शाहको संयुक्त इजलासले ‘प्रेस स्वतन्त्रता भनेको जथाभावी बोल्न र लेख्न होइन’ भन्दै ५६ पृष्ठ लामो फैसला सुनाएको थियो । अदालतमा उनीबिरुद्ध १४ अलग अलग ठाउँबाट परेका उजुरीलाई खारेज गर्दै सबैलाई एउटै प्याकेजमा राखेर अनुसन्धान अघि बढाउन (मुद्दा चलाउन) प्रहरीलाई आदेश दिएको छ ।

उनले चलाएको रिपब्लिक टिभी भारतीय जनता पार्टी निकट टेलिभिजन मानिन्छ । उनी उक्त टेलिभिजनका मालिक र प्रधान सम्पादक समेत हुन् ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...