News Portal

  • दिल्ली सरकारको विज्ञापनमा सिक्किमलाई अलग देशका रुपमा उल्लेख गरिएपछि…

    सुरेशराज न्यौपाने
    ४५८ पटक
    २०२० मे २४, आइतबार

    नयाँदिल्ली – भारतको दिल्ली राज्य सरकारले बिहीबार निकालेको एउटा विज्ञापनमा सिक्किमलाई नेपाल र भुटानजस्तै बेग्लै मुलुकका रुपमा उल्लेख गरिएको विषयलाई लिएर बबाल मच्चिएको छ। दिल्ली सरकारअन्तर्गत सिभिल डिफेन्स कर्पले स्वयंसेवकका लागि विज्ञापन गरेको थियो।

    उक्त विज्ञापनमा आवेदनका लागि आवश्यक पर्ने पूर्वयोग्यतामा भारतीय नागरिक वा सिक्किम, भुटान वा नेपालको नागरिक र दिल्लीको बासिन्दा हुनुपर्ने उल्लेख थियो। विज्ञापनमा सिक्किमलाई भुटान र नेपालजस्तै बेग्लै मुलुकका रुपमा उल्लेख गरिएका कारण दिल्ली सरकारको व्यापक आलोचना भएको छ। विज्ञापनलाई लिएर विवाद चर्किँदै गएपछि दिल्ली सरकारले जिम्मेवार अधिकारीलाई निलम्बनसमेत गरेको छ।

    उक्त विज्ञापन प्रकाशित भएपछि सिक्किम सरकारले तत्काल आपत्ति जनाउँदै त्यसबाट अत्यन्त चोट पुगेको भन्दै त्यसलाई तत्काल हटाउन माग गरेको थियो। सिक्किम सरकारका मुख्यसचिव एससी गुप्ताले दिल्ली सरकारलाई पत्र लेख्दै सिक्किमका जनताले भारतीय नागरिक भएकोमा गर्व गर्ने गरेको भन्दै विज्ञापनले उनीहरुलाई अत्यन्त चोट पुगेको जनाएका थिए।

    ‘१६ मे १९७५ मा भारतको २२ औं राज्यका रहँदै आएका सिक्किमका जनताका जसले महान भारतको नागरिक हुनुमा गर्व गर्छन्। यो विज्ञापनले उनीहरुलाई अत्यन्त चोट पुऱ्याएको छ त्यसैले उक्त विज्ञापन फिर्ता गर्न अनुरोध गर्छौं,’ पत्रमा लेखिएको थियो। साथै सिक्किमका मुख्यमन्त्री प्रेमसिहं तामाङ (गोले)ले पनि विज्ञापनमा भएको गल्ती भत्सर्नायोग्य भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेका थिए।

    विज्ञापनलाई लिएर विवाद सिर्जना भएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटमार्फत् विज्ञापनलाई हटाइएको र जिम्मेवार अधिकारीलाई निलम्बन गरिएको बताएका छन्। ‘सिक्किम भारतको अभिन्न अंग हो। यस्ता त्रुटि सहन सकिँदैन।

    विज्ञापन हटाइएको छ र जिम्मेवार अधिकारीमाथि कारबाही गरिएको छ,’ केजरीवालले ट्वीटमा भनेका छन्। विज्ञापनलाई लिएर दिल्लीका उपराज्यपाल अनिल बैजलले पनि ट्वीट गर्दै विज्ञापनलाई तत्कालै रोक्नुपर्ने र त्यसले भारतको भौगोलिक अखण्डताको अपमान गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

    साथै भारतीय जनता पार्टीले अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेको थियो। त्यसको जवाफमा केजरीवाल नेतृत्वको आम आद्मी पार्टीले दिल्ली सरकार अहिलेको कठिन परिस्थितिमा अन्य राज्यहरुसँग मिलेर काम गर्न चाहेको तर भाजपा र कांग्रेस राजनीति गर्न व्यस्त रहेको आरोप लगाएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा...

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...