News Portal

सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीशको निधन

हिमाली संचार संवाददाता
५५० पटक
२०७७ जेठ १०, शनिबार

काठमाडौं – सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु)को निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारको क्रममा ८१ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो।

उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन्। नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सुशीला सिंहलाई निर्भिक, इमान्दार र निष्ठावान न्यायाधीशको रुपमा आफूले चिनेको बताए।

‘उहाँलाई म सानै छँदादेखि चिन्थें। मैले पहिले न्यायिक समितिमा पनि काम गरेकाले उहाँसँग चिनजान थियो,’ नेपाल बारका अध्यक्ष श्रेष्ठले भने, ‘उहाँ निष्ठावान हुनुहुन्थ्यो। महिलाहरुको कानुनी सहायता परियोजनामा पनि उहाँको उल्लेखनीय योगदान रह्यो।’

उनको घर काठमाडौंको पकनाजोल हो। उनका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन्। श्रेष्ठ पनि अस्वस्थ छन्।

उनीहरुका एक छोरा जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन्। उनी सकेसम्म आजै साँझ काठमाडौं आउने र सुशीलाको सिंहको अन्त्येष्टि गर्ने तयारी छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...