News Portal

गेष्ट हाउसमा जुवा खेल्ने ५ जना दुई लाख बढी रकमसहित पक्राउ

हिमाली संचार संवाददाता
४७१ पटक
२०७७ जेठ १०, शनिवार

जनकपुरधाम – गेष्ट हाउसभित्र जुवा खेल्ने ५ जनालाई शुक्रबार जनकपुरधामबाट पक्राउ गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकस्थित जानकी बाटिका गेष्ट हाउसमा जुवा खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।

पक्राउ पर्नेमा जनकपुरधाम ८ बस्ने ५५ वर्षीय बिल्टु बरही, वडानम्बर १३ बस्ने ३५ वर्षीय मोस्तकिङ राईन, ४७ वर्षीय जसिन कवाडी र ३४ वर्षीय रमेश साहु तथा धनुषाकै मिथिला बिहारी नगरपालिका ७ बस्ने ५६ वर्षीय किशोरी साह छन्।

उनीहरुको साथबाट २ लाख ७ हजार ५ सय २५ समेत बरामद भएको धनुषा प्रहरीका प्रबक्ता एवम् डीएसपी रामेश्वर कार्कीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४४ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...