News Portal

क्वारेन्टाइन राख्न खोज्दा स्थानीयको विरोध

हिमाली संचार संवाददाता
५२४ पटक
२०७७ जेठ ९, शुक्रवार

दाङ — कोरोनाको जोखिममा रहेकालाई राख्न क्वारेन्टाइन बनाउने क्रममा घोराही उपमहानगरपालिका–१४ मा स्थानीयले विरोध गरेका छन्। कल्पु धर्मशाला, बालमन्दिर, शुभप्रभात मावि लगायतका ठाउँमा क्वारेन्टाइन बनाउन खोज्दा सबैतिर विरोध भएपछि अझैसम्म क्वारेन्टाइन बन्न सकेको छैन।

घना बस्तीको बीचमा क्वारेन्टाइन राख्न खोजेको भन्दै विरोधमा स्थानीय लाठी बोकेर सडकमा निस्कने गरेका छन्। उनीहरुले घना बस्ती नभएको ठाउँमा राख्न माग गरेका छन्। घोराही–१४ मुख्य बजार क्षेत्रमा पर्छ। बजारको बीचमा भयो भनेर केही व्यक्तिहरुले विरोध गरिरहेको घोराही १४ का अध्यक्ष एवं घोराही उपमहानगर विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले बताए।

‘गाउँतिर लगेर बनाउनुपर्‍यो भन्छन्। सबै वडामा क्वारेण्टाइन छन्। अरु ठाउँ लैजान कहाँ सम्भव हुन्छ ?,’ उनले भने,‘यहाँ सबैतिर बजार नै छ। आफ्नो वडाका मानिसहरुलाई राख्न भएका स्कुल, सार्वजनिक स्थल प्रयोग गर्न खोजेको हो। त्यसमा पनि विरोध हुन्छ।’

केही रोजगारको सिलसिलामा बाहिरबाट आएका र केही रातदिन काम गर्ने जनप्रतिनिधि र कर्मचारीका लागि क्वारेन्टाइन बनाउन खोजिएको डाँगीले बताए। ‘अहिले यस वडाका मानिसहरु नभएका कारण पनि त्यती गाह्रो भएको छैन,’ उनले भने, ‘भोलि धेरै मानिसहरु संक्रमित हुन थाले भने सबै स्कुल र सार्वजनिक भवनहरु प्रयोग गर्नुपर्ने अवस्था आउँछ। त्यतिबेला विरोध गरेर हुनेवाला छैन।’

अहिले दिनहुँ भारतबाट ठूलो संख्यामा मानिसहरु आइरहेका छन्। भारतबाट आएकालाई आआफ्नो वडामा लगेर क्वारेण्टाइनमा राखिएको छ। बिहिबार मात्रै भारतबाट ३ सय ५० जना मानिसहरु आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अहिले क्वारेण्टाइनमा ५ सय ७९ जना छन्। जिल्लामा ५७ वटा क्वारेण्टाइन छन् जसमा २ हजार शय्याको क्षमता छ।

सबै वडाले स्कुल र सार्वजनिक भवनमा क्वारेन्टाइनको व्यवस्था गरेका छन्। बिहीबार मात्रै घोराही–३ कुइरेपानीमा रहेको क्वारेन्टाइनमा बसेका स्थानीय एक ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। उनी जेठ ३ गते कृष्णनगर नाका हुँदै भारतबाट आएका थिए।

भारतबाट फर्कनेहरु दिनदिनै आइरहेकाले जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका १० वटै पालिकामा कम्तिमा दुई सय शय्याका क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो। जिल्लामा ८ हजार बढी मानिसहरु भारतबाट भित्रिने अनुमान रहेको र सोही अनुसार सबै पालिकामा स्कुल र सार्वजनिक भवनलाई क्वारेन्टाइन बनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसादले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...